गान्तोक: आगामी २ जूनमा सम्पन्न हुने सिक्किम विधानसभाको मतगणना तयारीलाई लिएर काउन्टिङ अधिकारीहरूलाई लिएर दोस्रो चरणको रेन्डोमाइजेसन कार्यक्रम सम्पन्न भयो। सोरेङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भएको दोस्रो चरणको रेन्डोमाइजेसन कार्यक्रम जिल्लापाल हिस्से डी. योङदा लगायत विभिन्न अधिकारीहरूको उपस्थितिमा सम्पन्न भयो। उक्त कार्यक्रममा सोरेङ जिल्लाका १९८ जना काउन्टिङ अधिकारी लगायत ५० जना सुपर भाइजर, ८८ जना काउन्टिङ एसिस्टेन्ट र ६० जना माइक्रो अबजर्भरहरूले सहभागिता जनाएका थिए। यस रेन्डोमाइजेसन प्रक्रिया एनआइसीको पोर्टल माध्यमद्वारा गरिएको थियो।