काउन्टिङ अव्जर्भरले गरे मतगणना केन्द्रको निरीक्षण

IMG-20240601-WA0195.jpg

गान्तोक: सोरेङ च्याखुङ निर्वाचन क्षेत्रका काउन्टिङ अबजर्भर रिकेस आर मारकले आज सोरेङ बीएड सरकारी महाविद्यालयमा स्थापित गरिएको मतगणना केन्द्रको निरीक्षण गरे। निरीक्षण गरिनुको प्रमुख लक्ष्य र उद्देश्य आगामी २ जूनमा सम्पन्न हुने सिक्किम विधानसभाको मतगणना तयारीबारे जायजा लिनु रहेको थियो। निरीक्षणको क्रममा महकुमा अधिकारी सनी खरेल र खण्ड विकास अधिकारी गरब दोर्जी भोटिया सामेल रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement