दार्जिलिङको रक गार्डनको वान वेमा सुवास घिसिङको सालिग निर्माण गर्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डको घोषणा

IMG-20240601-WA0191.jpg

दार्जीलिङ: हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले स्व सुवास घिसिङको सालिग निर्माण गर्ने घोषणा गरेका छन् ।हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले आज रक गार्डन क्षेत्रको भ्रमण गर्न पुगेका थिए।विगतमा अजय एडवाडर्स गोरामुमो समर्थक थिए। त्यस अवधि रक गार्डन, बरबोटे आदि क्षेत्रका जनताले रक गार्डन, बरबोटे क्षेत्रमा गोरामुमोको संस्थापक अध्यक्ष स्व सुवास घिसिङको सालिग निर्माण गरी दिने अनुरोध गरेका थिए अनि उनले स्व सुवास घिसिङको सालिग निर्माण गरी दिने वचन दिएका थिए। आज रक गार्डनको भ्रमण अवधि हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले विगत दिनमा आफुले गरेको वाचाको स्मरण गर्दै रक गार्डनको वान वेको खाली जमीनमा स्व सुवास घिसिङको विशाल सालिग निर्माण गर्ने पुनः दोहोराएका छन्। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले यस अवधि भने, स्व सुवास घिसिङले यस भेकलाई रक गार्डन, गंगा माया पार्क जस्तो प्रसिद्व पर्यटन स्थलहरूको निर्माण गरेर यस क्षेत्रलाई पहाडको पर्यटन स्थलको सूचीमा सामेल गराएका छन्। यो हामी समस्त पहाडवासीको निम्ति अहोभाग्य रहेको छ। उनले अघि भने, स्व सुवास घिसिङले आफ्नो शासनकालमा दार्जीलिङ पहाडलाई धेरै कुराहरू दिएको बताउँदै आफु गोरामुमोमा छँदा रक गार्डन,बरबोटे क्षेत्रमा स्व सुवास घिसिङको सालिग निर्माण गर्ने वाचा गरेको स्मरण गर्दै आफ्नो वाचालाई पूरा गर्न वचनबद्व छु।’
हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले अझ भने, स्व सुवास घिसिङले पहाड अनि समस्त गोर्खा सन्तानलाई राम्रो मार्ग दर्शन गरेको थियो तर उनले गरेको मार्ग दर्शनलाई हाम्रैहरूले विरोध गर्ने हुँदा पहाडले छैटौं अनुसूचि जस्तो संवैधानिक ब्यवस्था गुमाउनु परेको हो। स्व सुवास घिसिङले आफ्नो शासनकालमा जहाँ जहाँ अस्मरणीय कार्यहरू गरेका छन् ती स्थानहरूमा वहाँको सालिग निर्माण गर्ने ती क्षेत्रको बासिन्दाहरूलाई हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले आह्वान् गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement