खरसाङ: खरसाङ नगरपालिकाको अवकाशप्राप्त कर्मचारीहरूलाई आज कार्यक्रमबीच सम्मानसहित बिदाई दिइएको छ। खरसाङको गोर्खा सार्वजनिक भवन पार्क लोकेशनमा खरसाङ नगरपालिकाका १३ जना अवकाशप्राप्त कर्मचारीहरूलाई खरसाङ नगरपालिका कर्मचारी संगठन पक्षबाट विदाई कार्यक्रम सम्पन्न गरियो। उक्त कार्यक्रमको अध्यक्षता कर्मचारी संगठनका अध्यक्ष सुरेन कटुवालले गरेका थिए भने कार्यक्रमको सञ्चालन सपना गुरूङले गरेका थिए। कर्मचारीहरूको विदाई कार्यक्रममा प्रमुख अतिथिको रूपमा नगरपालिका अध्यक्ष ब्रिगेन गुरूङ साथै विशिष्ट अतिथिको रूपमा नगरपालिकाको उपाध्यक्ष सुवास प्रधान उपस्थिति रहेका थिए। कार्यक्रममा नगरपालिकाको एफओ, अनि ईओ पनि विशेष उपस्थिति रहेका थिए। आजको कार्यक्रममा कर्मचारी वृन्दहरूले स्वागत गीत एवं विभिन्न नृत्यहरू प्रस्तुत गरेका थिए। यसको साथै नगरपालिका ईओले गीत प्रस्तुत गरेका थिए भने एफओद्वारा नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रमलाई नगराध्यक्ष एवं प्रमुख अतिथि ब्रिगेन गुरुङ र संगठनको अध्यक्ष सुरेन कटुवालले सम्बोधन गरेका थिए। यसै कार्यक्रममा अवकाशप्राप्त खरसाङ नगरपालिकाको १३ जना कर्मचारीहरूलाई सम्मान जनाउँदै उपहार पनि प्रदान गरेर बिदाई दिइएको छ। यस सम्मान र बिदाई कार्यक्रमलाई प्रितम कुमार छेत्रीले सञ्चालन गरेका थिए भने सबै अवकाशप्राप्त कर्मचारीहरूलाई प्रमुख अतिथि र विशिष्ट अतिथिहरूका बाहुलीबाट सम्मान पत्र एवं उपहारहरू वितरण गरिएको थियो।