कोलकाता: पश्चिम बङ्गालमा स्कूल सेवा आयोग (एसएससी) को माध्यमले शिक्षकहरूको नियुक्तिमा भएको व्यापक स्तरमा धांधली मामिलाको जाँच गरिरहेको केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई) को टीमले सल्लाहकार समितिका सदस्यहरूको सम्पत्तिको विवरणको जाँच गर्नु शुरू गरेको छ। मुख्य सल्लाहकार र तत्कालीन शिक्षा मन्त्री पार्थ चटर्जीका करिबी रहेका शान्ति प्रसाद सिन्हासित सीबीआई टीमले लगातार तीन दिनसम्म सोधपुछ गरेको छ। यसपछि उनको सम्पत्तिको हिसाब मागिएको छ। यस बाहेक सल्लाहकार समितिका एक अन्य सदस्य र पार्थ च्याटर्जीका ओएसडी रहेका समरजीत आचार्य, कल्याणमय गांगुली, राय सौमित्र सरकार र अशोक साहाको सम्पत्तिको विवरण मागिएको छ। खण्डपीठद्वारा सीबीआई जांचको आदेशअघि पूर्व न्यायाधीश अशोक कुमार बागको अध्यक्षतामा गठित समितिले यी सबै अधिकारीहरू विरूद्ध कारबाही गर्ने सिफारिश गरेको थियो। यसैले सम्पत्तिको हिसाब हेरिन्दैछ। शनिबार मात्र सीबीआईले यी सबैविरूद्ध प्राथमिकी दर्ता गरेको छ।