युटुब रजत तामाङलाई कानुनी कार्वाही गरिनु पर्ने अनुसूचित जातिको मांग

IMG-20240601-WA0185.jpg

खरसाङ: अखिल भारतीय नेपाली अनुसुचित जाति खरसाड महकुमा समितिद्वारा खरसाङको मारवाड़ी पुस्तकालयमा युटुबर रजत तामाड विरूद्धमा सभा आयोजना गरेको छ। उक्त सभा महकुमा सभापति कमल सिरुवालको सभापतित्वमा सम्पन्न गरियो। सभामा अखिल भारतीय नेपाली अनुसूचित जाति संघ खरसाङ महकुमा समितिको सचिव प्रणय रोका, रोशनी विश्वकर्मा, सुषमा सिंग, बिपन विश्वकर्मा, सुरज नौवाग। रवि तोलङ्गी साथै अजय विश्वकर्माले वक्तव्य राखेका थिए। सभामा घैयाबारी वारी, तीनधोर शाखा, प्रशाखा साथै कामी, दमाई, सार्की समाजको प्रचार प्रसार सचिव दिपेन सेवा उपस्थित रहेका थिए। सभामा वक्ताहरूले युटुबर रजत तामाङले सामाजिक सञ्जालमा माफी मागेर हुँदैन तर सजाय पाउनुपर्छ भनी मांग गरेका छन्।

उक्त सभापछि पत्रकारहरूसित कुराकानी गर्दै अखिल भारतीय नेपाली अनुसूचित जाति संघ खरसाङ महकुमा समितिको सचिव प्रणय रोका, बिपन विश्वकर्म र रवि तोलङ्गीले विस्तृत रूपमा जानकारी गराएका छन्। तीनैजनाले रजत तामाङले अनुसूचित जातिमाथि अभद्र व्यवहार गर्दै गाली गरेको भन्दै सामाजिक सञ्जालमा युटुबर रजत तामाङले माफी मागे पनि त्यो माफी नमान्ने तर रजत तामाङलाई कानुनी कार्वाही गरिनु पर्ने मांग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement