हेरोइनका १८ वटा प्याकेट जफत

665a9a9040952-meghalaya-east-jaintia-hills-police-uncovers-18-abandoned-heroin-soapboxes-in-umkiang-015039461-16x9.jpg

शिलंग: मेघालय पुलिसद्वारा ड्रग्स विरोधी अभियानलाई व्यापक रूपमा संचालन गरिँदैछ। यसै अभियानको क्रममा मेघालयको उमकियांगमा प्रचुर मात्रामा हेरोइन जफत गरियो। पूर्वी जयन्तिया हिल्स पुलिसले गुप्त सूचनाको आधारमा छापामारी गरी हेरोइनका १८ वटा प्याकेट जफत गऱ्यो। उमकियांगमा पुलिसद्वारा जफत गरिएको उक्त हेरोइनको वजन लगभग २२० ग्राम रहेको छ। मेघालय पुलिसले बताए अनुसार उक्त हेरोइनलाई बेवारिस अवस्थामा जफत गरेको थियो। यस सम्बन्धमा कसैलाई पनि पक्राउ गरिएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement