बाढीका कारण असममा १० जनाको ज्यान गयो, प्रधानमन्त्रीद्वारा दुई दुई लाख रुपियाँ दिने वाचा

Flood.jpeg-copy

गुवाहाटी: असम र मणिपुरमा आएको बाढीबाट उत्तरपूर्वी भारतका करिब साढे पाँच लाख मानिस प्रभावित भएका छन्। जल तथा मौसम विभागले सातासम्म पानी पर्ने अनुमान गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तरपूर्वी क्षेत्रको बाढीको अवस्थाको आकलन गरेका छन्। उनले असम, मणिपुर, मेघालय, मिजोरम, त्रिपुरा र पश्चिम बंगालमा आएको प्राकृतिक विपत्तिमा परी मृत्यु भएकाका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट दुई दुई लाख रुपियाँ दिने घोषणा गरे। यसबाहेक घाइतेलाई केन्द्र सरकारले ५० हजार रुपियाँ दिनेछ। असममा शुक्रबार छ जनाको मृत्यु भएपछि स्थिति खराब भयो, मृत्युको कुल संख्या १० पुगेको छ। रेमाल चक्रवातपछि आएको आँधीमा परी अन्य व्यक्तिको पनि मृत्यु भइसकेको छ। धेमाजी, डिब्रुगढ, नगाउँ, हाइलाकान्डी, कार्बी आङ्लोङ, पश्चिम कार्बी आङ्लोङ, दिमा हासाओ, करीमगञ्ज, कछार, होजाई र गोलाघाटलगायत ११ जिल्लामा ३.४९ लाखभन्दा बढी मानिस प्रभावित छन्। अधिकारीहरूले १८७ राहत शिविरहरू स्थापना गरेका छन्, जसमा २८ हजार भन्दा बढी मानिसहरू बसेका छन्। करिमगञ्ज जिल्लामा कुशियारा नदीको पानीको सतह बढ्दै गएपछि भारत–बंगलादेश सीमावर्ती सीमा सुरक्षा बल (बीएसएफ)का ६ वटा चौकीहरु पानीमा डुबेका छन्। यी चुनौतीहरूको बावजुद, बीएसएफ सेनाहरू सतर्क छन् र सीमा सुरक्षा सुनिश्चित गर्न थप स्पीडबोटहरू तैनाथ गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement