झापा: महोत्तरीको बर्दिबासबाट जनकपुर घुम्न आएकी तीन जना बालिका विगत तीन दिनदेखि बेपत्ता भएकि छन्।
गएको मंगलबारको दिन बर्दिबास नगरपालिका वॉर्ड नम्बर १ का १० देखि १३ वर्ष उमेर समूहका तीन जना बालिका जनकपुर गएको तर घर नफर्किएका अभिभावकले बताएका छन्। बेपत्ता हुने बालिका एउटा १० वर्षकी छन् भने बाँकी २ जना १३÷१३ वर्षका रहेका छिन्।
ईलाका पुलिस कार्यालय बर्दिवासका डीएसपी रेवतीरमण पोखरेलले पनि बालिकाहरु बेपत्ता भएको घटनाको पुष्टि गरेका छन्।