टाइसन र यूट्यूबर जेक पलबीच लड़ाइँ स्वास्थ्य कारणहरूले गर्दा स्थगित

IMG-20240601-WA0164.jpg

नयाँ दिल्ली: माइक टाइसनलाई यूट्यूबर जेक पल विरुद्ध रिंगमा ओर्लिएको हेर्न प्रशंसकहरूलाई अझ केही समय प्रतीक्षा गर्नु पर्नेछ। पूर्व हेभिवेट च्याम्पियन अहिले स्वास्थ्य समस्याहरूसँग जुझिरहेका छन्। यसैकारण यस हाई प्रोफाईल लड़ाइँलाई स्थगित गरिएको छ। आयोजकहरूले शुक्रवार यस खबरको पुष्टि गरे। टाइसन (५७ वर्ष) गत आइतवार मियामीबाट लस एञ्जिल्स आउँदा उनले उपचार गराउनु पऱ्यो। रिंगाटा लागेपछि उनलाई उपचारको निम्ति लगियो। टाइसनको पलसँग २० जुलाईमा लड़ाइँ तय थियो। आयोजकहरूले बताएअनुसार, डाक्टरहरूले टाइसनलाई फलो-अप पछि आउँदो हप्ताहरूमा कम्ती अभ्यास गर्ने सल्लाह दिएका छन्। त्यसपछि उनलाई अल्सर भएको पत्तो लाग्यो, जुन बढ़्दा उनलाई फ्लाइटमा समस्या भएको थियो। आयोजकहरूद्वारा जारी बयानमा भनिएको छ, टाइसनलाई आउँदो हप्ताहरूमा कम्ती अभ्यास गर्ने सल्लाह दिइएको छ। उनले पूरा फिट भएपछि मात्र नियमित अभ्यास गर्नेछन्। दुवै एथलीट यस महत्त्वपूर्ण बाउटको निम्ति तयार छन् या छैनन् भन्ने सुनिश्चित गर्नु उचित रहने कुरासँग टाइसन र पल दुवै सहमत छन्। एथलीट्सको स्वास्थ्य र कल्याण हाम्रो सर्वोच्च प्राथमिकता हो। हामी टाइसनलाई जरूरी समय लिन पूरा समर्थन गर्छौं। यस्तो गरे मात्र उनले त्यस स्तरको प्रदर्शन गर्न सक्नेछन्, जस्तो हामीले आशा गरेका छौं। यस बाउटको नयाँ तारिखको घोषणा ७ जूनसम्म गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement