पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

IMG-20240601-WA0167.jpg

झापा: पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। संखुवासभाको पाँचखपन नगरपालिका- ९ स्थित अधेरी खोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय सुरेन कुमार राईको १३ बर्षीय छोरा सुजल राई रहेको जिल्ला पुलिस कार्यालय संखुवासभाले जनाएको छ। शुक्रबार मई ३१, घर छेउमा रहेको अधेरी खोलामा सुजल स्कुल बिदा भए पश्चात घरमा आई साथीहरुसँग पौडी खेल्न गएकोमा उनको डुबेर मृत्यु भएको हो। घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको पुलिसले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement