नयाँ दिल्ली: आज लोकसभा चुनावको सातौं चरणको मतदान भइरहेको छ। लोकसभाको अन्तिम अर्थात् सातौ चरणको मतदान अन्तर्गत ८ राज्यका ५७ सिटका लागि मतदान हुन भइरहेको हो। शनिबार बिहार, हिमाचल, झारखण्ड, ओडिशा, पञ्जाब, उत्तर प्रदेश, पश्चिम बंगाल, चंडीगढ़ गरेर ८ राज्यका ५७ सिटका लागि मत दान भइरहेको छ। यसअघि छैठौं चरणमा ७ राज्यका ५७ सिटका लागि नयाँ दिल्ली, बिहार, हरियाणा, झारखण्ड, ओडिशा, उत्तर प्रदेश र पश्चिम बंगालमा मतदान भएको थियो। भारतमा पहिलो चरणमा २१ राज्यका १०२ संसदीय सिट, दोस्रो चरणमा १३ राज्यका ८९, तेस्रो चरणमा १२ राज्यको ९४, चौथो चरणमा १० राज्यका ९६ सिट र पाँचौ चरणमा आठ राज्यका ४९ सिटका लागि मतदान भएको थियो। अप्रेल १९, २६, मई ७, १३, २० र २५ तारिखमा गरेर भारतमा यसअघि छैठौ चरणको चुनाव सकिएको हो। पहिलो चरणदेखि सातौं चरणसम्मका मतदान सम्पन्न भएपछि एकसाथ ४ जूनमा मतगणना हुनेछ।