चारधाम यात्रा शुरू भएको २२ दिनमा ७१ तीर्थयात्रीको मृत्यु

chardham-yatra-2022.jpg

देहरादून: उत्तराखण्ड चारधाम यात्रा शुरू भएको २२ दिनमा ७१ तीर्थयात्रीको मृत्यु भएको छ। गत २४ घण्टामा तीन तीर्थयात्रीको मृत्यु भएको छ। सबैभन्दा धेरै ३४ तीर्थयात्रीहरूको मृत्यु केदारनाथमा भएको छ।

अधिकतर तीर्थयात्रीहरूको मृत्यु हार्टअटेक र पल्मोनरी एडिमा को कारण भएको हो।

चारधाम बदरीनाथ, केदारनाथ, गंगोत्री, यमुनोत्री उच्च हिमाली क्षेत्रहरूमा स्थित छन्, जहाँ सर्दीको साथ अक्सीजनको कमीले साससित सम्बन्धित समस्या आउँछ। १० मईदेखि शुरू भएको चारधाम यात्रामा २२ दिनमा हृदय गति रोकिन्दा, पल्मोनरी एडिमा, हाईपोथर्मिया (शरीरको तापक्रम कम हुँदा हृदय गति रोकिनु) र टाउँकोमा गम्भीर चोटको कारण अहिलेसम्म ७१ तीर्थयात्रीहरूको मृत्यु भइसकेको छ। यसमध्ये केदारनाथमा ३४ यात्री, बदरीनाथमा १६ यात्री, यमुनोत्रीमा १५ यात्री, गंगोत्रीमा ६ यात्रीको मृत्यु भएको छ। यस प्रकार कूल मृत यात्रीहरूको संख्या ७१ बताइएको छ।

राज्य आपातकालीन परिचालन केन्द्र देहरादूनको तर्फबाट शुक्रवार जारी रिपोर्ट अनुसार, अहिलेसम्म १४,०३५१९ तीर्थयात्री चारधाम यात्रामा आइसकेका छन्। यसमध्ये ७१ तीर्थयात्रीको मृत्यु विभिन्न कारणहरूले भइसकेको छ। अधिकतरको मृत्यु हृदय गति रोकिएकोले भएको हो। चारधाम यात्रालाई लिएर रूद्रप्रयाग जिल्लाका प्रभारी सचिव र स्वास्थ्य सचिव डा. आर राजेश अनुसार, यात्रा मार्गमा श्रद्धालुहरूको नियमित स्क्रीनिङ गरिन्दैछ। स्वास्थ्य जाँचमा जुन श्रद्धालुहरूको स्वास्थ्य ठीक छैन उनीहरूलाई डाक्टरले यात्रा नगर्ने सुझाउ दिइरहेका छन्। यसपछि पनि कोही यात्रामा गइरहेछ भने उनीबाट लिखितमा फारम भराउने कारबाही गरिन्दैछ।

स्वास्थ्य विभागले यात्रामा आइऱहेका तीर्थयात्रीहरूलाई उच्च हिमाली क्षेत्रहरूमा स्वास्थ्यलाई लिएर सावधानी अपनाउने निर्देश दिएको छ, जुन यस प्रकार छ:

– केदारनाथ र यमुनोत्री धाममा पैदल हिँड़ेको समय प्रत्येक एकदेखि दुई घण्टापछि पाँचदेखि १० मिनटसम्म विश्राम गर्नु

– यात्राको निम्ति गरम लुगा, पानीदेखि जोगिनुको निम्ति रेनकोट, छाता, स्वास्थ्य जाँचको निम्ति पल्स अक्सीमीटर, थर्मोमीटर साथमा राख्नु

– हृदय रोग, उच्च रक्तचाप, अस्थमा, मधुमेहले ग्रसित यात्रीले अवश्य नै दवाई र डाक्टरको नम्बर आफूसित राख्नु

– यात्रामा छात्ती दुःख्नु, सास लिनमा समस्या, रिंगटा अथवा वन्ता भए छेवैको प्राथमिक स्वास्थ्य केन्द्र वा मेडिकल रिलीफमा प्राथमिक उपचार लिनु

About Author

Advertisement