भारतीय शिक्षा मण्डलद्वारा सिक्किम र उत्तर बङ्गालको निम्ति ‘मिशन फर् विकसित भारत’ अभियान आरम्भ

IMG-20240531-WA0245.jpg

गान्तोक: भारतीय शिक्षा मण्डलद्वारा सिक्किम र उत्तर बङ्गालको निम्ति ‘मिशन फर् विकसित भारत’ अभियान आरम्भ गरेको छ। अतिरिक्त मुख्य सचिव शिक्षा विभाग आर तेलाङ मुख्य अतिथि रहेको कार्यक्रममा भिजन फर् विकसित भारतको व्यानर सार्वजनिक गरेर शोधपत्र लेखन प्रतियोगिताको निम्ति आह्वान गरिएको छ।

भारत भरिमा हुने शोधपत्र लेखन प्रतियोगिता चलिरहेको छ। सिक्किमका विभिन्न विश्वविद्यालय महाविद्यालय र अन्य शैक्षिक संस्थानका विद्यार्थी शोधमा चासो राख्नेहरूको निम्ति रिसर्च पेपर लेखनबारे जागरूकता प्रदानको कार्यक्रम पनि सम्पन्न गरियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि आर तेलाङले पूर्वीय दर्शनले दिएको शिक्षा र विचारको योगदान हुने विचारको महानताबारे यस्ता कार्यक्रमले महत्वपूर्ण फाइदा दिने बताए। उनले पूर्वी दर्शन र चिन्तनले मानिसमा पुऱ्याउने प्रभाव र जीवन लक्ष्यहरुबारे अवगत गराए। उनले पूर्वी दर्शनको सिद्धान्तको शोध अध्ययन गर्न अभिप्रेरित गर्ने यो अभियानको सफल सञ्चालनको निम्ति शुभकामना दिए।

कार्यक्रममा प्रेम भण्डारीले कार्यक्रमको ध्येय मन्त्र ध्येय वाक्य प्रस्तुत गरे। कार्यक्रममा अखिल भारतीय गुरुकुल प्रकल्प प्रमुख डा. दीपक कोइरालाले पूर्वी दर्शनको महत्व र विकसित भारतको परिकल्पना बारे विस्तारमा अवगत गराए। यसै गरि एसआइआरटीका सहप्रध्यापक डा. मनोरथ दाहालले शोधपत्र लेखनबारे संक्षिप्त जानकारी दिए।

उनले विद्यार्थीहरुलाई रिसर्च पेपर तयार गर्नको निम्ति आवश्यक संसाधन र स्रोतहरुको तयारी बाहेका जानकारी गराए। मण्डलका महासचिव हरी शंकर शर्माले सम्बोधन राख्दै सिक्किम र उत्तर बङ्गालको चालिस वर्ष सम्मका उमेर पुगेका सोध लेखकले नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा शोध पत्र लेखेर आनलाइन पठाउने प्रावधान रहेको बताए। उनले यसमा निःशुल्क शोधपत्र पठाउन सकिने अनि चयनित शोधार्थीहरूले अगाडिको पीएचडीको निमित मौका पाउने बताए।

यसैगरि कार्यक्रमलाई सिक्किम मणिपाल विश्वविद्यालयका कुलपति एयर भाइस मार्सल डा दिलीप चन्द्र अग्रवाल, सिक्किम प्रोफेसनल युनिभर्सिटीका कुलपति डा. एचएस यादव, एससीआरटी सिक्किम सरकारका निर्देशक डा रबीन छेत्री, शिक्षा विभागका सचिव श्रीमती स्मिता प्रधानले पनि सम्बोधन गरेका थिए।

कार्यक्रममा सिक्किम केन्द्रिय विश्वविद्याल, कञ्चनजाङ्घा राज्य विश्वविद्यालय, मेधावी विश्वविद्यालय, मणिपाल विश्वविद्यालय, नरबहादुर भण्डारी सरकारी महाविद्यालय, कानुन महाविद्याला लगायत विभिन्न शैक्षिक संस्थानका प्रतिनिधि शिक्षक विद्यार्थीहरूको उपस्थिति थियो। मण्डलको अध्यक्ष टीबी छेत्री र कोषाध्यक्ष तुलाराम सापकोटाको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न गरियो।

शोध पत्र लेखनका विषय कानुन र न्याय साहित्य र संस्कृति, भारतीय ज्ञान प्रणाली, महिला सशक्तिकरणको निम्ति भिजन, ग्रामीण विकास र स्वावलंबन अर्थव्यवस्था, भारतीय शिक्षा भूत,वर्तमान र भविष्य, भारतको भविष्यको निम्ति इतिहास मुखि नीति र समृद्ध भारतको निम्ति पर्यावरण संरक्षण जस्ता विषय रहेको छ।

पञ्जीकरण १७ अप्रेलदेखि शुरु भएको हो भने आगामी २० जुनसम्म चल्नेछ ३१ जुलाई २०२४ सम्म शोध पत्र बुभाउन सकिनेछ। यसको निम्ति ४० वर्षभन्दा कम उमेरकाहरूले नेपाली हिन्दी र अङ्ग्रेजी भाषामा दिइएको विषयमा शोधपत्र तयार पारेर अनलाइन बुझाउन पर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement