सोरेङमा पालन गरियो विश्व तम्बाकु निषेध दिवस

IMG-20240531-WA0235.jpg

सोरेङ: सोरेङ व्लकका नवनियुक्त एसडब्ल्यूआईसँग महिला सशक्तिकरणको निम्ति हबका कर्मचारी, आईसीडीएस कार्यालयका कर्मचारी र परिमल फाउनडेसनले संयुक्तरूपमा विश्व तम्बाकु निषेध दिवस पालन गऱ्यो। सोरेङ जिल्लाको रूरवन कम्पलेक्स भवनमा आयोजित यस कार्यक्रममा स्रोतवक्ताकोरूपमा डा. निगदिता प्रधान रहेकी थिइन् भने परिमल फाउन्डेसनकी नतिजाले सबैलाई शपथ ग्रहण गराइन्। कार्यक्रमलाई सम्बोधन गर्दै डा. निगदिता प्रधानले तम्बाकु सेवनले वाल वालिका साथै किशोर किशोरीहरूलाई हानी गर्ने बताइन्। उनले तम्बाकु सेवनले मानिसहरूलाई प्रभाव पर्ने र यसबाट जोगिने उपायहरूबारे पनि जानकारी गराए। यसै क्रममा सीडीपीओ गौरी तामाङले तम्बाकु सेवन र सिग्रेटले मानिसको स्वास्थ्यमा पर्ने विभिन्न प्रकारको रोगहरूबारे अवगत गराइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement