गान्तोक र नाम्चीमा तम्बाकु निषेधबारे जागरुकता कार्यक्रम

img-20240531-wa02368871693421061759306.jpg

गान्तोक: गान्तोक जिल्लाको सूचना एवम जन्सम्पर्क विभागको कार्यालयमा आज विश्व तम्बाकु निषेध दिवस पालन गरियो। यस अवसरमा विभागका निर्देशक उमेश सुनमले सचिव कर्मा डोमा युत्सोको उपस्थितिमा सबै अधिकारीहरूलाई शपथ ग्रहण गराए। विश्व तम्बाकु निषेध दिवस विश्व स्वास्थ्य संगठनले वैश्विकरूपमा अभियान चलाउँदै मानिसहरूलाई यसबारेमा जागरूक गराउँदै आइरहेको छ। विशेष गरेर तम्बाकु सेवनले हुने हानीबारे मानिसहरूलाई जागरूग गराउन र यसलाई कम गराउनको निम्ति यस प्रकारको अभियान सञ्चालन गरेको छ। यस वर्षको कार्यक्रमको थिम तम्बाकु उद्योगको हस्तक्षेपबाट वाल वालिकाहरू संरक्षण रहेको छ। यस अभियानले बालबालिकाहरूलाई तम्बाकुको सेवनबाट वञ्चित गराउने आशा राखिएको छ। यसै क्रममा नाम्ची जिल्लामा पनि विश्व निषेध तम्बाकु दिवस पालन पालन गरियो। नाम्ची जिल्लाको जिल्ला प्रशासनिक केन्द्रको पहलमा आयोजित कार्यक्रममा यस वर्षको थिम वालवालिकाहरूलाई तम्बाकु उद्योगको हस्तक्षेपबाट टाडा राख्नु रहेको थियो। उक्त कार्यक्रममा नाम्ची जिल्लाकी जिल्लापाल अन्नपूर्ण आलेले वरिष्ठ पुलिस अधिक्षक,महकुमा अधिकारी र विभिन्न विभागका प्रमुखहरूको उपस्थितिमा सबैलाई शपथ ग्रहण गराए।

कार्यक्रमलाई सम्बोधन गर्दै महकुमा अधिकारी (मुख्यालय) विश्व निषेध तम्बाकु दिवसको महत्व र तम्बाकु उत्पादनविरूद्ध अभियानबारे जागरूक गराए। उनले थप जानकारी गराए अनुसार सिग्रेट र अन्य सूर्तिजन्य पदार्थ (व्यापार वाणिज्य आपूर्ति र वितरणको विज्ञापन नियमन प्रतिबन्ध) ऐनको प्रावधानको बारेमा थप बताए।कर्मचारीलाई तम्बाकु पदार्थको प्रयोग छाड्न प्रोत्साहित गर्दै उनले सबै कर्मचारीलाई दुई घण्टा (बिहान १० बजेदेखि १२ बजेसम्म) तम्बाकु जन्य पदार्थबाट टाढा रहन आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement