रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको घरमा आगलागी

Putinh-House

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको साइबेरियाको अल्ताई पर्वतमा रहेको घरमा आगलागी भएको छ। आगलागी कसरी भयो भन्ने रहस्यमै छ। तर दोष युक्रेनलाई लगाइएको छ। यो त्यही घर हो जहाँ पुटिनले इटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीलाई भेटेका गरेका थिए। यो घरमा गोप्य लुक्ने ठाउँ पनि रहेको बताइएको छ। पुटिनले यहाँ मेडिसिनल बाथ लिन्थे। यो सम्पूर्ण परिसर आधिकारिक रूपमा ग्याजप्रोमको स्वामित्वमा छ। जसले रूसमा धेरै लक्जरी महलहरूको हेरचाह गर्छ। घर भित्र आगलागीबाट के कति क्षति भयो भन्ने खुलेको छैन तर आगलागी निकै डरलाग्दो थियो।

आगलागीको कारण पनि थाहा हुनसकेको छैन। तर केही मानिसहरू युक्रेनले यो काम गर्नसक्छ भन्ने विश्वास गर्छन्। किनभने रुसले युक्रेनमा ठूलो विनाश ल्याएको छ। घर जलेको खबर सर्वप्रथम ब्लगर अमिर ऐताशेभले दिएका थिए। रुसको सिरेना न्यूजले आधिकारिक बयान लिन खोज्यो तर पुटिनको टोलीबाट कुनै प्रतिक्रिया आएको छैन। यो ठाउँ धेरै सुरक्षित छ। यहाँ कुनै पनि साधारण रुसी नागरिक जान पाउँदैनन्। वरपर कडा सुरक्षा व्यवस्था छ। यति हुँदाहुँदै पनि पुटिनको घरमा किन आगो लाग्यो भन्ने कसैले बुझ्न सकेको छैन। यस ठाउँमा पुटिन र उनको परिवारलाई सुरक्षित राख्न उच्च प्रविधियुक्त बंकर पनि बनाइएको छ, ताकि उनीहरू आणविक युद्धमा सुरक्षित रहन सकून्। पुटिनको यो दरबार अल्ताई गणतन्त्रको ओन्गुडेस्की जिल्लामा छ। यसको नजिकै मंगोलिया, चीन र काजाकिस्तान छन्। यस ठाउँ र वरपर धेरै भेन्टिलेसन बिन्दुहरू छन्। यसबाहेक ११० किलोभोल्टको अत्याधुनिक सबस्टेसन रहेको छ। जसले यहाँ मात्र बिजुली आपूर्ति गर्छ। जब यो दरबार बनिरहेको थियो, ठूला जर्मन उत्खननकर्ताहरू आइपुगेका थिए। यसको मतलब ठूला खन्ने मेसिनहरू ल्याइएका थिए। यहाँ हरिण फार्म छ।  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement