चुनाउ आयोगका सचिवद्वारा मंगन जिल्लाको भ्रमण

n61347759017171737318649731a9cb4f740b2484f420b1b3f5e8e983d5ad494834931411200ec41dbd40b7.jpg

गान्तोक: भारतको चुनाउ आयोगका सचिव सन्तोष कुमार दुवेले आज मंगन जिल्लाको जिल्ला प्रशासनिक केन्द्रको निरीक्षण गरे, जहाँ स्ट्रङ रूम स्थापित गरिएको छ। यस अवसरमा काउन्टिङ अबजर्भर एस.मुथुमारी रेशमा राजेश वाली पनि सामेल रहेका थिए। उनीहरूको सिक्किम भ्रमण गर्नको मुख्य उद्देश्य आगामी २ जूनको दिन सम्पन्न हुने सिक्किम विधानसभाको मतगतणना तयारीलाई लिएर जायजा लिनु रहेको थियो।

यस अवसरमा जिल्लापाल हेम कुमार छेत्रीले मंगन जिल्ला अन्तर्गत स्थापित गरिएको मतगणना केन्द्रको टोलीलाई निरीक्षण गराए। कावि लुङचोक निर्वाचन क्षेत्र, लाचेन मंगन, जङ्गु निर्वाचन निर्वाचन क्षेत्र र संघ सीटको निम्ति पेन्टोकमा मतगणना केन्द्र स्थापित गरिएको टोलीलाई जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement