मंगन जिल्लामा एउटा पोस्टल व्यालेट थपियो

IMG-20240531-WA0233.jpg

गान्तोक: गत १९ अप्रेलमा सम्पन्न भएको सिक्किम विधानसभा र लोकसभा चुनाउको निम्ति खटिएका सरकारी कर्मचारीहरूद्वारा पोस्टल व्यालेटको माध्यमद्वारा गरिएको मतदान अहिलेसम्म आउने क्रम जारी रहेको छ। यसै क्रममा आज मंगन जिल्लाको विभिन्न निर्वाचन क्षेत्रको निम्ति आज एउटा पोस्टल व्यालेट आएको छ। मंगन जिल्लाका जिल्लापाल एवम जिल्ला चुनाउ अधिकारी हेम कुमार छेत्री, अतिरिक्त जिल्लापाल विशु लामा लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा पोस्टल व्यालेट प्राप्त गरेको छ। आज प्राप्त भएको पोस्टल व्यालेट भारतको चुनाउ अधिकारीको निर्देश बमोजिम स्ट्रङ रूममा राख्दै सील गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement