स्वर्गीय सोनाम ग्याछो भोटियालाई एसकेएमकाे श्रद्धाञ्जली

n6134629801717173203867b68f0ad5df6af38558f01a54897c5d3099e845ef124b9746e1c1e5a1fac521d1.jpg

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले हिजो एउटा शोकसभा आयोजन गरेर पूर्व विधायक स्वर्गीय सोनाम ग्याछो भोटियालाई श्रद्धाञ्जली अर्पण गरेको छ। शोकसभा पार्टीको प्रशासनिक प्रकोष्ठका उपाध्यक्ष उत्तम लेप्चाको अध्यक्षतामा पार्टी मुख्यालय गान्तोकमा आयोजन गरिएको थियो जसमा प्रचार प्रसार शाखाका राज्यस्तरीय महासचिव कृष्ण लेप्चा, पार्टी कार्यालय सचिव जुनु छेत्री, कोषाध्यक्ष प्रवीन अग्रवाल, लगायत अन्य पदाधिकारीको उपस्थिति रहेको थियो।

एसकेएम पार्टीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, शोकसभामा स्वर्गीय सोनाम ग्याछो भोटियाको आत्माशान्तिको कामना गर्दै दुई मिनटको मौनधारणसहित स्वर्गीय भोटियाको तस्बिरमा श्रद्धा शुमन पनि अर्पण गरियो। आज बसेको शोकसभाले पूर्व विधायक तथा एसकेएम पार्टीका उपाध्यक्ष सोनाम ग्याछो भोटियाको अचानक भएको मृत्युप्रति गहिरो शोक व्यक्त गर्दै स्वर्गीय भोटियाले सिक्किम र सिक्किमेली जनताको सेवामा दिएको योगदानको चर्चा गऱ्यो।

विज्ञप्तिमा अझ भनिएको छ, स्वर्गीय भोटियाले दक्षिण सिक्किमको बर्फुङ निर्वाचन क्षेत्रमा ग्राम तथा जिल्ला पञ्चायत साथै २००९ देखि विधायक बनेर जनताको सेवा पुऱ्याएका थिए। उनले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको चुनाउ प्रचार प्रसार साथैं अन्य कार्यमा पनि धेरै योगदान दिएर गएका छन्। २९ तारिक अचानक भएको भोटियाको निधनले सिक्किम क्रान्तिकारी मोर्चा पार्टी अपुरणीय क्षति भएको छ। स्वर्गीय सोनाम ग्याछो भोटियाको आत्माले शान्ति पाओस् भन्ने कामना गर्दछौं। शोकाकुल परिवारजनलाई यो कठीन परिस्थितिमा ईश्वरले सहन गर्ने शक्ति प्रदान गरुन भन्दै गहिरो समवेदना व्यक्त गर्दछौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement