अवैध खनन कार्य विरूद्व कार्वाही गर्ने मांग गर्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सद्वारा कालेबुङ जिल्लाधिकारीलाई पत्रचार

IMG-20240520-WA0202.jpg

दार्जिलिङ: हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवाडर्सले कालेबुङ जिल्लाधिकारीलाई अवैध खनन विरूध्द कार्वाही गर्ने मांग गर्दै पत्राचार गरेका छन्। उनले लेखेको पत्रमा बर्खायाम शुरू हुन लागेको छ तर पनि रेली खोलामा बलुवा गिट्टीको खनन कार्य जारी रहेको जानकारी गराएको छ। २०१६ मा वन तथा जलवायु परिवर्तन मन्त्रालयले बर्खायाम शुरू हुन अधि नै खोला एंव नदीहरूमा खनन कार्यमाथि रोक लगाउँने निर्देश जारी गरेको थियो तर कालेबुङको रेली खोलामा बालुवा गिट्टीको खनन कार्य आज पनि यथावत राखेको हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवाडर्सले आफ्नो पत्रमा उलेख गरेका छन्। रेली खोलामा भई रहेको खनन कार्यमाथि चिन्ता ब्यक्त गर्दै हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवाडर्सले यस्ता कम्पनीहरू विरूद्व कार्वाही गर्ने मांग गरेका छन्। बर्खायाम शुरू हुन पूर्व नै यस्ता खनन कार्यहरूमाथि रोक नलगाएको खण्डमा यसका वरिपरि क्षेत्रहरूमा प्राकृतिक प्रकोप आदि जस्ता दुर्घटनाहरू घटन सक्ने तिनले आशंका प्रकट गरेका छन्।

अवैध खनन कार्यको विषयलाई गम्भीरतासंग लिएर तुरून्तै कार्यवाही मांग अध्यक्ष एडवाडर्सले दोहोराएका छन्।हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले अघि भने रेली खोलाको बगरमा बलुवा गिट्टीको निम्ति खनन कार्य भईरहेको भिडियो फुटेज आफुले २९ मई २०२४ को सार्वजनिक गरी सकेको पनि तिनले बताएका छन।कालेबुङको रेली खोलामा भई रहेको खनन कार्यको कालेबुङवासीहरूले प्राकृतिक प्रकोपको आशंका ब्यक्त गर्दै खनन कार्यमाथि अविलम्ब रोक लगाउनु पर्ने मांगहरू गर्दै आईरहेका छन्। कालेबुङलाई प्राकृतिक प्रकोपदेखि जोगाउन साथै जनताको आवाजलाई ध्यान पूर्वक सुनेर खनन कार्यमाथि रोक लगाउनु हुनेछ भन्ने आफु आशावादी रहेको हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले आफ्नो पत्रमा बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement