जीटीए प्रमुख अनित थापा टिस्टा क्षेत्रको भ्रमण

IMG-20240531-WA0227.jpg

टिस्टा नदीमा बालुवा थुप्रेको छ र पानी पर्ने बित्तिकै यहाँ सडकमा पानी बढेर आउँछ: अनित थापा

टिस्टा: आज जीटीएको प्रमुख कार्यपाल अनित थापा टिस्टा क्षेत्रको भ्रमण गरेका छन्। उनीसितै जीटीएको विभिन्न विभागहरूका सभासदहरू अनि विभागीय अधिकारीहरू उपस्थित रहेका थिए। जीटीए प्रमुख अनित थापाको टिस्टा भ्रमणको समय पत्रकारहरूले सोधेको प्रश्नको उत्तर दिन्दै अनित थापाले भने, बाढ पीढीतले सरकारबाट पाउनु पर्ने 75 हजार रपियाँको दरले रकम पाईसकेको छ।एनएचपीसीबाट कम्पन्सेशनको डिमाण्ड गर्नेको निम्ति यसको प्रक्रिया शुरु भई सकेको छ। उनले अघि भने, ‘टिस्टा नदीमाथि बाँध बनाउँनु पर्ने थियो र जीटीएद्वारा 65% काम भएको छ। टिस्टा नदीमा बालुवा थुप्रेको छ। त्यसैले पानी पर्ने बित्तिकै यहाँ सडकमा पानी बढेर आउँछ। जबसम्म सरकारले नदीबाट बालुवा निकाल्नु दिँदैन तबसम्म यो समस्याको समाधान हुँदैन।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement