कोकराझार: कोकराझार जिल्लाको सेसापानीमा शुक्रवार दिउॅंसो पोखरीमा नुहाउने क्रममा पिता-पुत्रको डूबेर मृत्यु भएको छ। पिता-पुत्रको मृत्युको खबरपछि क्षेत्रमा सनसनी फैलिएको छ।
जानकारी अनुसार, राजा राम नार्जारी आफ्ना पॉंच वर्षीय पुत्र खोरोमस्वाद नार्जारीसॅंग आफ्नो आवासीय परिसरमा निर्मित पोखरीमा नुहाउन गएका थिए। यस क्रममा दुवै पोखरीमा डूबे। सूचना पाएर गाउॅंवासीहरू घटनास्थल पुगे। गाउॅंवासीहरूले दुवैलाई बाहिर निकाले, तर त्यस समयसम्म दुवैको मृत्यु भइसकेको थियो।