भद्रपुरमा एक युवतीमाथि धारिलो हतियार प्रहार

IMG-20240531-WA0215.jpg

झापा: झापाको भद्रपुरमा आज बिहान एक युवतीमाथि धारिलो हतियार प्रहार गर्ने युवकलाई पुलिसले पक्राउ गरेको छ। आज बिहान १०ः ४५ बजे एसएस निकेतनकी विद्यार्थी श्रेया राईमाथि अभिषेक कर्णले धारिलो हतियार दाउ प्रहार गरेका थिए। भद्रपुर नगरपालिका ९ शान्ति टोल बस्ने १७ वर्षीया श्रेया राईलाई स्कुल बसबाट ओर्लिनेबित्तिकै भद्रपुर नगरपालिका – ६ भानु चौक बस्ने १८ वर्षीय अभिषेक कर्णले दाउ प्रहार गरेका थिए। दाउ प्रहार गरी भाग्दै गरेको अवस्थामा पुलिस चौकी घोडामाराबाट पुलिसका बरिष्ठ हवल्दार भिमबहादुर वि.क.को कमाण्डमा खटिएको दुई जनाको टोलीले कर्णलाई दाउसहित नियन्त्रणमा लिई जिल्ला पुलिस कार्यालय झापामा बुझाएको छ। घाइते श्रेयालाई तत्काल उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगि उपचार भइरहेकोमा थप उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर पठाएको जिल्ला पुलिस कार्यालयले जनाएको छ। टाउको र दुबै हातमा चोट लागेकी घाइतेको अवस्था तत्काल मध्यम रहेको छ। कर्णले हतियार प्रहार गर्नुको कारण खुल्न नसकेको झापा पुलिसका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement