सिलगढी: सिलगढीमा पिउने पानीको संकट छ, तर नगरनिगमले ट्यांकर र पाउचबाट पानी उपलब्ध गराउँदै आएको छ। शहरका बासिन्दाले खानेपानी राम्ररी पाइरहेका छन्। यसका लागि मेयर गौतम देव आफैं विभिन्न वडाको भ्रमण गरिरहेका छन्। आज स्कुटरमा बसेर उनले धेरै वार्डमा पुगेर शहरवासीले खानेपानी राम्ररी पाइरहेको छ कि छैन भनेर जान्न खोजे। त्यसपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘शहरमा खानेपानीको समस्या छ, म स्वीकार गर्छु। तर कतिपयले यसको अनुचित फाइदा उठाउन खोजिरहेका छन्। उनले हिजो माकपाले गरेको विरोध प्रदर्शनमा पनि प्रहार गरे। विगतको बोर्डले खानेपानीको उचित व्यवस्था नगर्दा अहिले यस्तो अवस्था आएको उनको भनाइ छ। उनले भने, ‘अहिलेको नगरपालिकाले यो समस्या समाधान गर्न पहल गरिरहेको छ।‘ यससँगै उनले केही सञ्चारमाध्यममाथि पनि हमलागरेका छन् । उनले भने, ‘केही मिडिया आतंक सृजना गर्न खोजिरहेका छन्l तर सिलगढीका जनताले सबै बुझिरहेका छन्। हामीले खानेपानीको समस्याका लागि नगरवासीसँग माफी मागेका छौं। हामीले हरेक घरमा पानी पुर्याउने प्रयास गरिरहेका छौँ र यसका लागि हामी निरन्तर प्रयासरत छौँ।‘