सिलगढी: सिलगढीमा पिउने पानीको संकट भए पनि नग निगमले ट्यांकर र पाउचबाट पानी उपलब्ध गराउँदै आएको छ। शहरका बासिन्दाले खानेपानी राम्ररी पाइरहेका छन्। यसका लागि मेयर गौतम देव आफैं विभिन्न वार्डको भ्रमण गरिरहेका छन्। आज स्कुटरमा बसेर उनले धेरै वडामा पुगेर शहरवासीले खानेपानी राम्ररी पाइन्छ कि छैन भनेर जान्न खोजे।

त्यसपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘शहरमा खानेपानीको समस्या छ, म स्वीकार गर्छु। तर कतिपयले यसको अनुचित फाइदा उठाउन खोजिरहेका छन्।‘ उनले हिजो माकपाले गरेको विरोध प्रदर्शनमा पनि प्रहार गरे। विगतको बोर्डले खानेपानीको उचित व्यवस्था नगर्दा अहिले यस्तो अवस्था आएको उनको भनाइ छ। उनले भने, ‘अहिलेको नगरनिगमले यो समस्या समाधान गर्न पहल गरिरहेको छ।‘ यससँगै उनले केही सञ्चारमाध्यममाथि पनि हमला गरे। उनले भने, ‘केही मिडिया आतंक सृजना गराउन खोजिरहेका छन्l तर सिलगढीका जनताले सबै बुझिरहेका छन्। हामीले खानेपानीको समस्याका लागि नगरवासीसँग माफी मागेका छौं। हामीले हरेक घरमा पानी पुर्याउने प्रयास गरिरहेका छौँl यसका लागि हामी निरन्तर प्रयासरत छौँ।‘