कोचबिहारमा आगलागी हुँदा ६ वटा पसल जलेर नष्ट

IMG-20240531-WA0135

कोचबिहार: कोचबिहारको ब्लक नम्बर २ को रोडेरा हटमा आज बिहान भीषण आगलागी हुँदा ६ वटा पसल जलेर नष्ट भएका छन्। आज बिहान सबभन्दा पहिले दर्जी पसलमा आगलागी भएको हो। स्थानीयवासी र दमकलको प्रयासमा आगो नियन्त्रणमा आयो। घटनामा लाखौंको क्षति भएको बताइएको छ। सर्ट सर्किटका कारण आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। आगलागीमा कुनै मानवीय क्षतिको खबर आएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement