सुनसरी प्रहरीले स्ट्रिङ अप्रेसन चलाउदा इनरुवामा घरभित्रै गाई काटदै आएका पक्राउ

IMG-20240531-WA0168.jpg

झापा: जिल्ला पुलिस कार्यालय सुनसरीले स्ट्रिङ अप्रेसन चलाएर इनरुवामा घरभित्रै गाई काटेर मासु बिक्री गर्दै आएका व्यक्तिलाई रङ्गेहात पक्राउ गरेको छ।

इनरुवा – ३ महेन्द्र्रचोक स्थित बख्खु टोलमा गाई गोरु काटेर मासु बेचविखन भैरहेको सूचनाका आधारमा परिचालित पुलिस टोलीले बिहान ५ः३० बजेको समयमा गाई काट्दै गरेका व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

पुलिस प्रवक्ता नविनकृष्ण भण्डारीका अनुसार पुलिस टोलीले घटनास्थलबाट फेकु महम्मदलाई पक्राउ गरेको छ। डीएसपी भण्डारीले सो स्थानबाट एक गाई र अर्को गोरु काटेको फेला परेको बताए। काटेर टुक्राउदै गरेको मासु समेत बरामद गरी पक्राउ परेका व्यक्ति उपर कानुनी कार्वाहीको प्रकृया अघि बढाइएको भण्डारीले बताए।

सुनसरी पुलिसले विशेष सूचनाका आधारमा पुग्दा केही व्यक्ति भागेको जनाएको छ । गाई गोरु काट्ने कार्यमा संलग्न भई फरार रहेकाहरुको खोजी भैरहेको पुलिसले जनाएको छ।

पुलिस स्रोतका अनुसार सो स्थानमा लामो समयदेखि गाई काटेर मासु टुक्रा बनाई सुनसरी जिल्लाका विभिन्न बजारमा लगेर बिक्री गर्दै आएको भन्ने सुचनाका आधारमा उनीहरु उपर निगरानी बढाउने क्रममा बिहान गाई काटदै गरेको अवस्थामा फेला पारिएको हो।

गाई काटने गरेको समुहलाई नियन्त्रणमा लिन परिचालित पुलिससगै सुनसरीमा गौरक्षा तथा सनातन सस्कृती संरक्षणमा आवद्ध रहेका अभियन्ता गणेश यादव उपर गाई काटने समुहले साद्यातिक आक्रमण गरि घाइते बनाएका छन।

यादवसहितका अभियन्ताहरु पुलिसको अभियानमा साथ दिन पुगेपछि घरभित्रै गाई काटेर मासु टुक्राउदै गरेका व्यक्तिहरुले गणेश यादव उपर आक्रमण गरेको पुलिसले जनाएको छ।

यादवले गौहत्या हुने गरेको सुचनाका आधारमा आफुहरु निगरानीमा बसिरहेकाले पुलिसले घटनास्थलमा उनीहरुलाई नियन्त्रणमा लिदै गरेको अवस्थामा पुगेपछि आफुमाथि आक्रमण भएको बताए छन।

सार्वजनिक प्रतिकृया दिएका अभियन्ता यादवले बख्खु टोलमा लामो समयदेखि गाईगोरु काट्ने गरेको स्थानीयबाटै गुनासो आउने गरेको बताए।

यादवले पुलिस पुग्दा आफुसमेत उनीहरुको निगरानीका लागि पुगेकाले गाई काट्दै गरेको देखेपछि भिडियो बनाउँदा खोज्दा आफुमाथि एक्कासी घारिलो हतियारले आक्रमण भएको बताए।

केहि व्यक्ति सो क्रममा भागेको उनले बताए । यादवले रांगा भनेर गाई गोरु काटी बेच्ने गरेको जानकारी आफुले समेत पाएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement