सशस्त्र प्रहरीको ४ नम्बर गण हेड क्वाटर भव्य कार्यक्रमसहित स्थापना दिवस मनाइयो

IMG-20240531-WA0167.jpg

झापा: सशस्त्र पुलिस बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले १७औं स्थापना दिवस मनाएको छ। इनरुवामा रहेको नम्बर ४ गण हेड क्वाटरले बराह बाहिनी मुख्यालयका बाहिनीपति डिआईजी शम्भु सुवेदीको प्रमुख आतिथ्यमा स्थापना दिवस मनाएको हो।

सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य सहित जिल्ला स्थित अन्य सुरक्षा निकायका प्रमुख तथा जनप्रतिनिधि लगायतको उपस्थितिमा दिवस मनाइएको हो।

कार्यक्रममा नोबेल मेडिकल कलेज,टिचिङ हस्पिटल प्रा.लि.संग नम्बर ४ गणले उपचार सम्झौता समेत गरेको छ। बाहिनीपति सुवेदी र नोबेल मेडिकलका अस्पताल निर्देशक डाक्टर राजेश नेपाल बिच सशस्त्र पुलिस बल नेपाल गण नम्बर ४ गण मातहत कार्यरत सुरक्षाकर्मीको स्वास्थ्योपचार लक्षित सम्झौता गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै बाहिनीपति सुवेदीले सशस्त्र पुलिस बल संगठनको नीति र निर्देशन बमोजिम अघि बढ्दै आएको बताए। उनले मान र मर्यादालाई उच्च राखी कार्य सम्पादनमा खटिन निर्देशन दिए।

स्थापना दिवसको अवसरमा हेड क्वाटर सुनसरीमा नव निर्मित जुनियर अधिकृत ब्यारेक, क्यूआरटी र पाहुना घरको उद्घाटन समेत गरिएको छ।

विविध सांस्कृतिक प्रस्तुति आयोजित कार्यक्रममा स्थापना दिवस लक्षित गरी संचालित विभिन्न प्रतियोगिताका बिजेताहरुलाई शिल्ड तथा प्रमाणपत्र वितरण गरिएको गणपति समेनन्द बज्राचार्यले जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement