खेत जोत्ने क्रममा ट्याक्टर पल्टिदा चालकको मृत्यु

IMG-20240512-WA0196.jpg

झापा: सुनसरीको भोक्राहानर्सिङ गाउँपालिका-३ फुलचोक स्थितमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिदा चालकको मृत्यु भएको छ। आज बिहान ट्याक्टरले खेत जोत्ने क्रममा ट्रयाक्टर अचानक पल्टदा चालक स्थानिय २२ बर्षीय पवन यादवलाई ट्याक्टरले किच्दा गम्भिर घाईते भएका उनलाई उपचारको लागि सप्तकोशी न्युरो अस्पताल भोक्राहा सुनसरी लगिएकोमा अस्पताल पुर्याउन साथ मृत्यु भएको हो। घटना सम्बन्धमा जिल्ला पुलिस कार्यालय सुनसरीले थप अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement