झापा: यसवर्ष नेपालमा मनसुन छिटो भित्रिने संकेत देखिएको छ। मौसमविद्हरूका अनुसार भारतमा मनसुन औसतभन्दा अगाडि नै भित्रिएकाले नेपालमा पनि एक हप्तादेखि १० दिनभित्र मनसुन भित्रिने सम्भावना छ। अहिले नेपालको मौसममा स्थानीय र पश्चिमी वायुको प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।