पेरिस: विश्वका नम्बर एक टेनिस खेलाड़ी नोवाक जोकोविचले सीधा सेटमा जीत हासिल गरी फ्रेञ्च ओपनको तेस्रो राउण्डमा प्रवेश गरे। सर्बियाका ३७ वर्षीय खेलाड़ीले आशानुरुप प्रदर्शन गर्दै स्पेनका रोबर्टो कार्बालेस बेयनालाई २ घण्टा ४ मिनटमा ६-४, ६-१, ६-२-ले पराजित गरे। पुरुष एकलका अन्य म्याचहरूमा रुसका डेनियल मेदवेदेव र रफायल नडाललाई पराजित गर्ने जर्मनीका एलेक्जेण्डर ज्वेरेवले पनि जीत हासिल गरी अघिल्लो राउण्डमा स्थान बनाए। सालको दोस्रो ग्राण्ड स्ल्याममा लगातार तेस्रो दिन वर्षाले गर्दा म्याचहरू प्रभावित भयो। यसबीच महिला एकलमा अष्ट्रेलियन ओपन च्याम्पियन आर्यना सबालेंका चाहिँ अघि बढ़्न सफल भइन्। पुरुष एकलमा पाँचौं वरीयता प्राप्त मेदवेदेव पनि तेस्रो राउण्डमा पुगे। उनी म्याचमा ६-१, ५-०-ले अघि रहँदा विपक्षी खेलाड़ी मिओमिर केकमेनोविचले म्याचबाट हट्ने फसेला गरे। यसरी ज्वेरेवले पनि आफ्नो विजयाभियान जारी राखे। उनले डेविड गोफिनलाई ७-६ (४), ६-२, ६-२-ले पराजित गरे। यसरी दोस्रो वरीयता प्राप्त जानिक सिनरले रिचर्ड गास्केलाई सजिलैसँग ६-४, ६-२, ६-४-ले पराजित गरे। महिला एकलमा आर्यना सबालेंकाले जापानकी क्वालीफायर मोयुका उचिजिमालाई केवल ६२ मिनटमा ६-२, ६-२-ले पराजित गरिन्। गत वर्ष यस ग्राण्ड स्ल्यामको सेमिफाइनलमा पुग्ने सबालेंकाले अघिल्लो म्याचमा पाउला बाडोसाको चुनौती स्वीकार्नेछिन्, जो उनको नजिकको मित्र पनि हुन्। यस साल महिला युगलको निम्ति यी दुईले जोड़ी पनि बनाएकी छन्। यसरी २०२२-की विम्बल्डन च्याम्पियन तथा यहाँ चौथो वरीयता प्राप्त कजाखस्तानकी एलिना रायबाकिनाले अराण्टेक्सा रुसलाई ६-३, ६-४-ले पराजित गरिन्।