प्राधिकरणको लापरबाहीले दमकमा करेन्ट लागेर एकजनाको मृत्यु

IMG-20240531-WA0102.jpg

झापा: झापाको दमकमा प्राधिकरणको लापरबाहीले करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मई ३०बिहीबार बिहान अन्दाजी ९ः१५ बजे दमक २ का ६२ वर्षीय खगेन्द्र राईलाई आफ्नै दुई तले घरको माथिल्लो तलामा जस्तापाताको ट्रस्ट लगाउने क्रममा बिजुलीको पोलको तारमा जस्तापाता छुन गई करेन्ट लागेको थियो। घाइतेको आम्दा अस्पताल खरखरे दमकमा ल्याई उपचार भइरहेकोमा बिहान १०ः१४ बजे मृत्यु भएको दमक पुलिसले जनाएको छ। प्राधिकरण कार्यालयको लापरबाहीका कारण राईको मृत्यु भएको भन्दै मृतकका आफन्तहरूले प्राधिकरणको दमक वितरण केन्द्रमा दबाब दिएका थिए। उनीहरूले मृतक परिवारले राहत पाउनुपर्ने माग गरेका थिए। दमक नगरपालिका प्रमुख रामकुमार थापा, दमक नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष प्रजापति सापकोटा, दमक विद्युत् कार्यालयका प्रतिनिधि, मृतक पक्षका आफन्तसमेत बसेर भएको छलफलमा तीन बुँदे सहमति भएको छ। नगरपालिकाले किरिया खर्चबापत ५० हजार दिने, विद्युत् कार्यालयले तत्काल ३० हजार दिने र उपल्लो विद्युत् कार्यालयसँग धेरैभन्दा धेरै क्षतिपूर्ति उपलब्ध गराउनको लागि स्थानीय निकाय, विद्युत् प्राधिकरणले संयुक्त रुपमा माग गर्ने सहमति भएको दमक पुलिसले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement