बक्सर सचिन र सञ्जीत ओलम्पिक कोटा हासिल गर्ने नजिक

IMG-20240530-WA0273.jpg

नयाँ दिल्ली: भारतीय बक्सर सचिन सिवाच (५७ किग्रा) र सञ्जीत कुमार (९२ किग्रा) – ले बिहीवार वर्ल्ड बक्सिंग क्वालीफायरमा असाधारण प्रदर्शन गर्दै पेरिस ओलम्पिकको कोटा हासिल गर्ने सम्भावनालाई मजबूत बनाए। यस साल जुलाई-अगस्तमा हुने पेरिस ओलम्पिकको निम्ति कोटा हासिल गर्ने यो अन्तिम मौका हो। सचिनलाई पेरिस खेलहरूका निम्ति क्वालीफाई गर्न अझ दुईवटा लड़ाइँ जित्नु पर्नेछ कारण उनको ५७ किग्रा वर्गबाट केवल तीनजना बक्सरलाई ओलम्पिकमा स्थान प्राप्त हुनेछ। सचिनले प्री-क्वार्टर फाइनलमा तुर्कियेका ओलम्पियन बटुहान सिफ्टसीलाई सर्वसम्मत फसेलामा ५-० ले पराजित गरे। सञ्जीतले राउण्ड अव् ३२-मा भेनेजुएलाका लुई साञ्चेजलाई त्यही अन्तरले पराजित गरे। अब कमनवेल्थ गेम्स २०२२-का स्वर्ण पदक विजेता अमित पंघालले ५१ किग्रा वर्गमा मेक्सिकोका मौरिसियो रुईजको सामना गर्नेछन्। यसरी महिलाहरूमा जेस्मिनले ५७ किग्रा वर्गमा अजरबैजानकी माहसती हमजाएवाको चुनौती स्वीकार्नेछिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement