गान्तोक: पूर्व विधायक परिसङ्घ, सिक्किमले स्वर्गीय सोनाम ग्याछो भोटियाको निधनमा गहिरो शोक व्यक्त गरेको छ। आज परिसङ्घको एउटा शोक सभा परिसङ्घको मुख्यालय गान्तोकमा अध्यक्ष डीबी ठटालको अध्यक्षतामा बसेको थियो भने दिवाङ्गत भोटियालाई श्रद्धाञ्जली दिएको थियो। सो शोक सभामा डीबी ठटाल, मदन सिञ्चुरी, पूरण गुरूङ, कलावती सुब्बा र मेन्लम लेप्चाले शोक वक्तव्य राख्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना पनि प्रकट गरे।
स्वर्गीय भोटिया नाम्ची जिल्लाको रोलोङ समष्टिबाट सन् २००९ देखि २०१४ सम्म सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीबाट निर्वाचित जनप्रतिनिधिको रूपमा काम गरेको थिए। यस अघि पनि सक्रिय राजनीतिमा रहेका स्वर्गीय भोटिया स्थानीय तहको जनप्रतिनिधिको रूपमा धेरै लामो स्थानीय जनता सेवा पुऱ्याएका थिए।