पूर्व विधायकको निधनप्रति मुख्यमन्त्रीद्वारा शोक प्रकट

IMG-20240530-WA0263.jpg

गान्तोक: बर्फुङ निर्वाचन क्षेत्रका पूर्व विधायक सोनाम ग्याछो भोटियाको असमायिक निधनप्रति राज्यका मुख्यमन्त्रीले गहिरो शोक प्रकट गरेका छन्। मुख्यमन्त्रीले पूर्व विधायक सोनाम ग्याछो भोटियाको निधनप्रति गहिरो शोक प्रकट गर्दै स्व. ग्याछोको सरलता, सार्वजनिक सेवाप्रतिको समर्पण र बर्फुङ निर्वाचन क्षेत्रका जनताप्रतिको उनको अटल प्रतिबद्धताले सिक्किमेली समुदायमा अमेट छाप छोडेको बताएका छन्।

आफ्नो कार्यकालमा ग्याछोले विकास, शिक्षा र स्वास्थ्य सेवाको वकालत गर्दै आफ्ना निर्वाचन क्षेत्रको जीवन सुधार गर्न अथक प्रयास गरेको उनले बताएका छन्। नको इमानदारी, करुणा र नेतृत्वको विरासतले सिक्किमेली जनतालाई प्रेरणा दिएको मुख्यमन्त्रीले आफ्नो शोक सन्देशमा उल्लेख गरेका छन्।

सिक्किमका जनताको तर्फबाट उनले यस दु:खद घडीमा ग्याछोका परिवार, आफन्त र साथीहरूप्रति गहिरो समवेदना प्रकट गर्दै उनको निधनले सिक्किमेली समाजमा अपूरणीय क्षति भएको बताएका छन्। यस दुःखद घडीमा ईश्वरले मृतकका परिवारलाई सहन गर्ने शक्ति प्रदान गरुन् भनी ईश्वरसँग उनले प्रार्थना गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement