नाम्ची जिल्लाकी जिल्लापालले गरिन समन्वय सभा

IMG-20240530-WA0258.jpg

गान्तोक: नाम्ची जिल्लाकी जिल्लापाल एवम जिल्ला चुनाउ अधिकारी अन्नपूर्ण आलेको अध्यक्षतामा जिल्ला प्रशासनिक केन्द्रमा एक समन्वय सभा सम्पन्न भयो। यस सभामा अतिरिक्त जिल्लापाल अन्नत जैन, अतिरिक्त जिल्लापाल (विकास)सुनिल मोथे, महकुमा अधिकारी छिरिङ नोर्ग्याल थिङ लगायत अन्य अधिकारीहरूको पनि सहभागिता रहेको थियो। सभालाई सम्बोधन गर्दै सबै अधिकारीहरूलाई आफ्नो कर्तव्यमा संलग्न सबै पदाधिकारीहरूलाई आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक लिएर समर्पणका साथ काम गर्ने सुझाउ दिइन्। उनले मतगणना प्रक्रियामा संलग्न अधिकारीहरूले देखेको कुनै पनि विसंगति र आफ्नो कार्य पूरा गर्न असफल भएमा भारतको चुनाउ आयोगको दिशानिर्देश बमोजिम कारबाही गरिने बताइन्। सोही प्रकारले अतिरिक्त जिल्लापाल अन्नत जैनले रिटर्निङ अधिकारी र एसिस्टेन्ट रिटर्निङ अधिकारीहरूको आफ्नो जिम्मेवारी र भूमिकाबारे जानकारी गराए। यसरी नै अतिरिक्त जिल्लापाल (विकास)सुनिल मोथेले सभामा उपस्थित अधिकारीहरूको जिम्मेवारी बारे सम्बोधन गर्दै पूर्ण समर्पणका साथ आफ्नो कर्तव्य पालन गर्नुपर्ने आग्रह गरे। उनले मतगणना प्रक्रिया शुरुदेखि अन्त्यसम्म समग्र प्रक्रियाको अवलम्बन गर्नुपर्ने पनि बताए।यसरी नै महकुमा अधिकारी गोपाल छेत्रीले आरओएस र एआरओएस मतगणना अधिकारीहरूलाई मतगणना प्रक्रियाको क्रममा उनीहरूको जिम्मेवारीबारे जानकारी दिए। उनले मतगणना बिहान ६ बजी शुरू हुने र मतगणनामा खटिएका अधिकारी र कर्मचारीले विहान साढे चार बजी रिपोर्ट दिनु पर्ने र उनीहरूको यातायातको निम्ति सबै प्रकारको व्यवस्था मिलाएको अवगत गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement