गान्तोक: गेजिङ जिल्लाका जिल्लापाल एम भरानी कुमारले आज मतगणनाको निम्ति खटिएका अधिकारीहरूलाई लिएर एक समीक्षा बैठक आयोजना गरे।गेजिङ जिल्लाको कन्या वरिष्ठ माध्यमिक विद्यालयमा सम्पन्न भएको बैठकमामा जिल्लापालले आगामी २ जूनको दिन सम्पन्न हुने सिक्किम विधानसभाको मतगणना तयारीबारे बोल्दै मतगणना पारदर्शी र सठीक हुनुपर्ने बताए। यस बैठक आयोजना गरिनुकै मुख्य उद्देश्य आगामी मतगणना दिनको लागि जिल्लाले गरेको तयारीको मूल्याङ्कन गर्नु र हुन सक्ने सम्भावित चुनौतीहरूलाई सम्बोधन गर्नु रहेको थियो। यसै क्रममा गेजिङ जिल्लाका पुलिस अधिक्षक जे जयपाण्डियनले मतगणनाको समयमा सुरक्षित वातावरण सुनिश्चित गर्न, भीड नियन्त्रण व्यवस्थापन र पार्किङ र ट्राफिक व्यवस्थापन गर्न सुरक्षाकर्मीहरू तैनाथ गर्नेबारे विस्तृत योजनाहरू प्रस्तुत गरे। मतगणनाको क्रममा सुव्यवस्था कायम गर्ने विषयमा उनले जोड दिए।
बैठकमा मतगणना केन्द्रमा पूर्वाधार, बिजुली आपूर्ति, खानेपानी लगायतका अत्यावश्यक सुविधाको उपलब्धता सुनिश्चित गर्ने विषयमा पनि छलफल गरियो। उनले थप जानकारी गराए अनुसार उक्त दिन मानिसहरूको आवात जावत र टेक्निकल प्रबन्धन, कम्प्युटर, सफ्टलवेयर र आदिबारेमा छलफल गरिएको जानकारी गराइएको छ। सिमलेस डाटा एन्ट्री र परिणान तालिका सुनिश्चित गर्न कम्प्युटर, सफ्टवेयर र सञ्चार प्रणाली लगायत प्राविधिक सेटअपको प्रमाणीकरणका साथमा कर्मचारीको आवास र ढुवानीको व्यवस्थाबारे छलफल गरियो। मतगणना प्रक्रियामा सहयोग प्रदान गर्न प्राविधिक टोलीहरूको तैनाथीको पुष्टि गरिनको साथै सञ्चारकर्मीहरूका लागि मतगणना प्रक्रियालाई कुनै अवरोधविना नगरी कभर गर्नका लागि तोकिएको क्षेत्रहरू चिन्हित गरियो।