राज्यपाल र मुख्यमन्त्रीद्वारा पूर्व विधायकको निधनप्रति शोक प्रकट

IMG-20240530-WA0256.jpg

ज्गान्तोक: बरफुङ निर्वाचन क्षेत्रका पूर्व विधायक सोनम ग्याछो भोटियाको असमायिक निधन प्रति राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले गहिरो शोक प्रकट गरेका छन्। राज्यपालले आफ्नो शोक सन्देशमा पूर्व विधायक भोटियाको असमायिक निधनको समाचार अति नै दुःखद रहेको बताएका छन्। स्वार्गीय भोटियाले बर्फुङ निर्वाचन क्षेत्रका मानिसहरूको निम्ति जनसेवा गरेर अमेट छाप छोडेको उल्लेख गरेका छन्। यस दुखको घडीमा राज्यपालले म़ृतकका परिवारप्रति गहिरोर शोक प्रकट गर्दै हार्दिक संवदेना व्यक्त गरेका छन्। उनको मृत आत्माले चीर शान्ति पाउन भनि राज्यपालले कामना गरेका छन्। यसै क्रममा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले पनि पूर्व विधायक सोनम ग्याछो भोटियाको निधन प्रति गहिरो शोक प्रकट गरेका छन्। ग्याछको सरलता, सार्वजनिक सेवाप्रतिको समर्पण र बरफुङ निर्वाचन क्षेत्रका जनताप्रतिको उनको अटल प्रतिबद्धताले सिक्किमेली समुदायमा अमिट छाप छोडेको बताएका छन।

आफ्नो कार्यकालमा ग्याछोले विकास, शिक्षा र स्वास्थ्य सेवाको वकालत गर्दै आफ्ना निर्वाचन क्षेत्रको जीवन सुधार गर्न अथक प्रयास गरेका थिए। उनको इमानदारी, करुणा र नेतृत्वको विरासतले सिक्किमेली जनतालाई प्रेरणा दिएको आफ्नो शोक सन्देशमा उल्लेख गरेका छन्।

सिक्किमका जनताको तर्फबाट उनले यस दु:खद घडीमा ग्याछोका परिवार, आफन्त र साथीहरूप्रति गहिरो समवेदना प्रकट गर्दै उनको निधनले सिक्किमेली समाजमा अपूरणीय क्षति भएको बताएका छन्। यस दुःखद घडीमा ईश्वरले मृतकका परिवारलाई सहन गर्ने शक्ति प्रदान गरुन् भनी ईश्वरसँग उनले प्रार्थना गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement