राज्यपाल लक्ष्मण प्रसाद आचार्यले गरे हिमाचल प्रदेशका राज्यपालसँग बैठक

IMG-20240530-WA0255.jpg

गान्तोक: राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज हिमालच प्रदेशका राज्यपाल शिव प्रसाद शुक्लासँग वाराणसीमा भेट गर्दै बैठक गरे। बैठकको क्रममा दुवै राज्यको सांस्कृतिक, भौगलिक र पर्यावरण सम्वन्धि छलफल गरेको जानकारी गराइएको छ। यस अवसरमा दुवै राज्यका राज्यपालले धनी सांस्कृतिक धरोहरबारेमा मन्तव्य साँझा गरे। बैठकको क्रममा दुवै राज्यका राज्यपालले दुवै राज्यको सांस्कृतिक महत्वबारे प्रकाश पार्दै यसलाई बुझ्नको निम्ति दुवै राज्यले एक अर्काको सांस्कृतिलाई बुझ्न आवश्यक रहेको र यसको निम्ति संयुक्तरूपमा पहल गर्नुपर्ने छलफल गरेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement