अनलाइन जुआ एप खोलेको आरोपमा असम पुलिसकी कमाण्डो निलम्बित

66583f0db9665-assam-polices-papri-kalita-suspended-over-gambling-app-promotion-305540488-16x9.jpg

गुवाहाटी: असम पुलिसकी बिरांगना कमाण्डो फोर्सकी एक जवानलाई कथित रूपमा अनलाइन जुआ एप खोलेको आरोपमा निलम्बित गरिएको छ। राज्यको गृह विभागले यो निर्णय एक जनहित याचिकालाई ध्यानमा राख्दै लिएको हो।

असम पुलिसकी बिरांगना कमाण्डो फोर्सकी जवान पापडी कलिता उर्फ कुन्हीमाथि युट्युब च्यानलको माध्यमद्वारा अनलाइन जुआ एपको विज्ञापन गरेको आरोप छ। उक्त एपबाटै कुन्ही सोशियल मिडियामा निकै लोकप्रिय भइन्। यस मामिलालाई लिएर कोर्टमा एउटा जनहित याचिका दर्ता गरिएको थियो। यसपछि राज्यको गृह विभागले एक पुलिसकर्मीको रूपमा जुआ एपलाई बढावा दिएको आरोपमा पापडी कलितालाई बर्खास्त गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement