परिवारलाई समय दिन बोर्डसँग अनुबन्ध समाप्त गरे बोल्टले

IMG-20220810-WA0107.jpg

१० अगस्तः दिग्गज पेस बलर ट्रेण्ट बोल्टले न्यूजील्याण्ड क्रिकेट बोर्डसँग आफ्नो अनुबन्ध समाप्त गरेका छन्। अब उनलाई एकदमै कम्ती अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको देखिनेछ। आफ्नो परिवारलाई समय दिन अनि लगातार भइरहेको क्रिकेटको थकानलाई कम्ती गर्न बोल्टले यस्तो फसेला गरेका छन्। यस ३३ वर्षीय क्रिकेटरले घरेलु क्रिकेट खेल्न चाहिँ जारी राख्नेछन्। यसरी अब उनी न्यूजील्याण्ड टीमका हिस्सा छैनन्। अब उनले आफूलाई उपलब्ध बताएपछि मात्र चयनकर्ताहरूले उनलाई राष्ट्रिय टीममा राख्नेछन्। बोल्ट अहिले सीमित ओभरहरूका सीरीज खेल्न वेष्ट इण्डिज यात्रामा रहेका छन्। यस प्रारूपमा पनि उनी लामो समयपछि फर्किएका छन्।
अन्तर्राष्ट्रिय क्रिकेटमा ५४८ विकेट लिइसकेका यस दिग्गज पेस बलरको केन्द्रीय अनुबन्ध समाप्त गर्ने फसेलाले एकपल्ट फेरि क्रिकेट सञ्चालन गर्ने प्रशासकहरूमाथि प्रश्न उठ्न थालेको छ। बोल्टको फसेलाले एकपल्ट फेरि व्यस्त क्रिकेट कार्यक्रमको मुद्दा उठ्न थालेको छ। उल्लेखनीय छ, ईंग्ल्याण्ड टेस्ट टीमका कप्तान तथा दिग्गज अलराउण्डर बेन स्टोक्सले पनि २२ दिन अघि मात्र वनडे प्रारूपबाट सन्न्यास लिएका थिए। क्रिकेटको तीनैवटा प्रारुपमा लगातार खेल्नु सम्भव नभएको बताउँदै उनले टेस्ट र टी२० क्रिकेटमा मात्र ध्यान दिन फसेला गरेका थिए। उनले भनेका थिए, शारीरिक र मानसिक थकानसँग जुझ्नु सजिलो छैन। अहिले शरीरले पनि साथ दिन छोड़ेको छ। यसैकारण वनडे प्रारूप नखेल्ने फसेला गरेको छु।
बोल्टले भनेका छन्, देशको निम्ति क्रिकेट खेल्नु मेरो निम्ति गर्वको कुरा हो। यो एउटा सपना थियो, जसलाई मैले साकार गरे। म गत १२ सालदेखि लगातार खेलिरहेको छु। अब परिवारलाई समय दिन चाहन्छु। मैले आफ्नो पत्नी अनि तीनजना नानीहरूका निम्ति यस्तो फसेला लिएको छु। मेरो निम्ति परिवार सबैभन्दा महत्त्वपूर्ण कुरा हो अनि उनीहरूलाई मेरो आवश्यकता छ। सेण्ट्रल कण्ट्राक्टबाट आफूलाई अलग गर्ने फसेला मैले धेरै सोचेर लिएको हो। मेरो यस फसेलाले टीममाथि असर त पर्नेछ। त्यसै पनि एकजना पेस बलरको करियर धेर लामो हुँदैन। यसैकारण मेरो निम्ति एउटा सटीक योजनाको साथ कदम अघि बढ़ाउने समय आएको छ। उल्लेखनीय छ, बोल्ट वनडे क्रिकेटका नम्बर 1 बलर हुन्। हालै जारी आईसीसी वनडे बलरहरूका सूचीमा उनी शीर्ष स्थानमा थिए। उनले न्यूजील्याण्डको जर्सी लगाएर अहिलेसम्म ७८ वटा टेस्ट, ९३ वटा वनडे र ४४ वटा टी२० म्याच खेलिसकेका छन्। टेस्ट क्रिकेटमा बोल्टले ३१७ विकेट हासिल गरेका छन्। यसबाहेक वनडेमा उऩको नाममा १६९ विकेट रहेको छ। टी२० अन्तर्राष्ट्रियमा पनि उनले ६२ विकेट लिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *