लालकोठीमा बस्नेले पहाड़को बुनियादी विषयहरूमाथि काम गर्नु पर्ने हो तर त्यस्तो कुनै काम भएको छैन: अजय एडवर्ड
दार्जीलिङ: जनताको दु:खेसो बुझ्न हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स आज कमजेर पुगेका थिए। यस अवधि स्थानीय कमजेरवासीहरूको उपस्थिति रहेको थियो। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स कमजेर आउँदैछ भन्ने खबर कमजोरवासीहरूले अघिबाटै थाहा पाएको हुनाले स्थानीय बासिन्दाहरू बिहानदेखि नै भेला भएका थिए। तर दार्जीलिङको ट्राफिक जामको कारणले हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स समयमा पुग्न नसकेकोमा उनले उपस्थित भीड समक्ष माफी मागेका थिए। उपस्थित भीडलाई सम्बोधन गर्ने क्रममा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले आजको युग इन्टरनेटको युग हो। यस इन्टरनेटको युगमा कसलाई झुक्काउन सक्दैन। दार्जीलिङको ट्राफिक समस्याप्रति हामी सबै अवगत छौं। दार्जीलिङदेखि घुमसम्म आईपुग्न दुई घण्टा लाग्यो। कमजेर गाउँको बाटोको अवस्था मैले मेरो आँखाले देखे। कमजेरवासीहरूले श्रमदान गरेर बाटोको घुम्तीहरूको जीर्णोद्वार गरेको सुने। पहाड यति धेर समस्याहरूमा डुबेको छ। यी समस्याहरूको समाधान गर्न जीटीए चिफ् अनित थापा आफ्नो कार्यालय लाल कोठीमा बस्नु पर्ने हो। तर आज दुई वर्षको अन्तरालमा जीटीए चिफ् अनित थापा आफ्नो कार्यालय लालकोठीमा केवल ५० देखि ६० दिन जति मात्र आएको भनी आरोप लगाउँदै योभन्दा ठूलो दुर्भाग्य हामी पहाडवासीहरूको निम्ति अरू के हुन सक्छ? अनित थापा दाजुलाई जातिको माया छ छैन। पहाडको माया छ छैन मलाई थाहा छैन। तर सुवास घिसिङले पहाडको प्रशासन चलाउँदा उनी बिहान ९ बजीदेखि लालकोठीमा बस्ने गर्थे अनि पहाडमा विकासको कार्यहरू धेरै गरेको थियो। पहाडको ग्रामीण क्षेत्रहरूमा बाटो पुराउन मुक्ति पूलको निर्माण समेत गरेका थिए।लालकोठीमा बस्नेले पहाडको बाटो, पानी, शिक्षा आदि जस्ता बुनियादी विषयहरूमाथि काम गर्नु पर्ने हो तर त्यस्तो कुनै काम भएको छैन,पहाडवासीहरू समस्याहरूले ग्रस्त छन्।
अजय एडवर्डले भने, ‘नगरपालिकाको कुरा गर्ने हो भने त्यहाँ पनि त्यस्तै समस्याहरू छन्। दार्जीलिङको वर्तमान नगरपालिकाको बोर्डले पाँच छजना व्यक्तिहरूलाई धनी बनाउने कामबाहेक अरू केही गरेको छैन। त्यसरी नै लालकोठीले पनि १० बाह्रजना व्यक्तिहरूलाई धनी बनाउने कामबाहेक अरू केही गरेको छैन। शिक्षा नीतिमा घोटाला, पानीमा घोटाला, टेट परीक्षाको नाममा घोटाला गरेको छ। टेट परीक्षा गराएको तीन वर्ष नाघी सक्यो तर आजसम्म परीक्षाको परिणाम सार्वजनिक गरिएको छैन। गत २०२१ को विधानसभा चुनावमा पहाडको युवा युवतीहरूको भोट हत्याउन साथै पैसा संग्रह गरेर कमाउने सुरमा टेट परीक्षाको आयोजना गरेका थिए अनि पहाडको सत्ता पक्षको जालमा ४० हजार युवा युवतीहरूले टेट परीक्षाको फारम दर्ता गरेका थिए अनि १४ हजार युवा युवतीहरूले परीक्षामा हिस्सा लिएका थिए।कमजेरवासीहरूको भोट हत्याउन चुनाव अघि बाटोको निर्माण गरी दिने वाचा गर्दै बाटो खनेको जस्तो नाटकहरू पनि गरेको छ। ती नेताहरू जस्तो म होइन। जनतालाई झूटो प्रलोभन देखाएर भोट हत्याउनु छैन मलाई। त्यसकारण चुनाव सिद्विएर म यहाँ आएको हो। आज चुनाव छैन। तर म तपाईहरूको दु:खेसो बुझ्न आएको छु। कमजेर जाने बाटोको निर्माण जीटीएले पास गरेको छ कि छैन सर्वप्रथम हामीले यसबारे जानकारी संग्रह गर्न पर्छ। यसबारे हाम्रो पार्टीले भोलि नै जीटीए मुख्यालय लालकोठीलाई पत्रचार गर्ने छ। दोस्रो कुरा हामीले सरकारलाई मात्र नपर्खेर हामी यहाँको समाजहरूसंटँग मिलेर बाटोको निर्माण कार्य गर्ने दिशातिर हामी अघि बडनुपर्छ।हाम्रो पार्टी जनताको सेवा गर्ने पार्टी हो। हामी राजनीतिमा आउन अघिदेखि नै सेवा कार्यहरू गर्दै आएको हो। तर राजनैतिक मञ्चद्वारा अझ धेर जनताको सेवा गर्न सकिन्छ भन्ने हेतुले हामी राजनीतिमा ओर्लिएका हौं।’