खरसाङ: विश्वभरि अन्तर्राष्ट्रिय एभरेस्ट डेसितै गोर्खा सबैको गौरव तेन्जिङ्ग नोर्गे शेऔं जन्म जयन्ती मनाईरहेको बेला दिल्ली शेर्पा वेलफेयर सोसाईटीले पनि तेञ्जिङ नोर्गे शेर्पाको जन्म जयन्ती पालन गरेको छ। दिल्ली शेर्पा वेलफेयर सोसाइटी भारत सरकारको सोसाईटी अधिनियम १८६० को अन्तर्गत पञ्जीकृत भएको हुनाले यो दिनको महत्व अझैं बढेर गएको छ भन्दै दिल्ली शेर्पा वेलफेयर सोसाइटीको आयोजनामा तेञ्जिङ नोर्गे शेर्पाको जन्म जयन्ती पनि पालन गरिएको छ। यस अवसरमा सोसाईटीको संस्थापक टाँसी शेर्पाले सबैलाई बधाई दिएका छन्। विशेष शेर्पा भाषा संस्कृतिको संरक्षण हेतु बनाईएको उक्त संस्थाले दुई वर्षको अन्तरालमा नै धेरै उपलब्धिहरु हाँसिल गरी सकेको जानकारी पनि गराएका छन्। यस अवसरमा तेन्जिङ्ग नोर्गे शेर्पाको तस्वीर अघि दीप प्रज्ज्वलन गरेर पालन गरिएको छ। यस अवसरमा संस्थाका सभापति मिंगमा ग्यालजे शेर्पाले संस्थाका सदस्यहरुलाई सम्बोधन गर्दै आफ्नो जातिप्रतिको कर्तव्यहरु कसरी पालन गर्नु पर्ने हो भन्ने विषयमा वक्तव्य राखेका थिए।

संस्थाका सांस्कृतिक सचिव दावा छिरिङ्ग शेर्पा र सामदेन शेर्पाले सञ्चालन गरेका उक्त गौरवमयी कार्यक्रममा शेर्पा सांस्कतिक गीत तथा नृत्यहरु प्रस्तुत गरिएको थियो। कार्यक्रममा संस्थाका सम्पूर्ण सदस्यहरुले तेन्जिङ्ग नोर्गे शेर्पालाई भारत रत्न दिने पहललाई समर्थन जनाएका छन्। त्यसरी नै संस्थाका महासचिव आङ दोर्जे शेर्पा अनि रोशनी शेर्पाले आउँदो दिनहरुको निम्ति शुभकामना गर्दै सहभागी सम्पूर्णमा धन्यवाद व्यक्त गरेको जानकारी दिल्लीबाट टाँसी शेर्पाले दिएका छन् ।










