सोनादा: सोनादा उच्चत्तर माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई स्वरोजगारको बाटो देखाउन र मोबाइल फोनको लतबाट जोगाउन साथै विद्यार्थी समयमा नै इन्टरपेनोरशीप सिकाउन स्कूलमा नै कुखुरा पालन र च्याऊ खेती शुरु गरिएको छ। विद्यालयले कुखुरा पालन र च्याऊ खेती सिकाएर नयाँ तरिका अप्नाएका छन्। सोनादा उच्चत्तर माध्यमिक विद्यालयको प्रधान अध्यापक र शिक्षक शिक्षिकाहरूका पहलमा स्कूलमा नै कुखुरा पालन र चाऊ खेती शुरु गरेर नयाँ आयाम शुरु गरेका छन्। शुरुमा विद्यालयको एघारौं र बाह्रौं श्रेणीका विद्यार्थीहरूलाई लिएर शुरू गरिएको कुखुरा पालन र चाऊ खेतीमा विद्यार्थीहरूबाट नै शुरुमा केही रकम संकलन गरेर शुरु गरिएको छ भने यसबाट हुने नाफा सबै विद्यार्थीहरूलाई बराबर बाढिने भएको छ। अहिलेक समय नानीहरू सबै मोबाइल फोन र भिडियो गेम साथै अन्य विभिन्न गेमहरूक लतमा परेर समय बर्बाद गरिरहेको कारणले विद्यार्थीहरूले स्कूल शुरु हुन अघि र स्कूलके समय सकेर या दुईवटा बिजिनेस गर्न विद्यार्थीहरूलाई प्रोत्साहन गरिएको छ।

नानीहरूले बिहान र बेलुकी समय दिने गरेका छन्। विशेष गरी लोकल कुखुराहरू किनेर कुखुरा पालन थालिएको छ। भविष्यमा अण्डा र कुखुराहरू बिक्री गरेर विद्यार्थीहरूलै नै नाफा कमाउन सक्ने अवसर सिर्जना गरिएको छ। नानीहरूलाई मोबाइलको लतबाट टाड़ा राख्नु र विद्यार्थीकालदेखि नै स्वारोजगार साथै भविष्यमा बिजिनेस गरेर स्वनिर्भर गराउन स्कूलले यस्तो पहल गरिएको जानकारी प्राप्त भएको छ। यस विषयमा सोनादा उच्चत्तर माध्यमिक विद्यालयको प्रधान अध्यापक दिपेन्द्र मुखियाले
यस विषयमा सोनादा उच्चत्तर माध्यमिक विद्यालयको प्रधान अध्यापक दिपेन्द्र मुखियाले पत्रकारहरूसित कुराकानी गर्दै
सोनादा उच्चत्तर माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई सानैदेखि स्वरोजगारको बाटो देखाउन र इन्टरपेनोर बन्न सिकाउन अहिलेलाई स्कूलमा नै कुखुरा पालन र च्याऊ खेती शुरु गरिएको जानकारी गराएका छन्। उनले विद्यार्थी नानीहरूलाई मोबाइल फोनको लतबाट जोगाउन साथै विभिन्न अनलाइन गेमहरूबाट टाड़ा राख्नलाई यसरी इन्टरपेनोरशीप सिकाईरहेको बताएका छन्। उनले यसको लागि नानीहरूबाट नै २० रूपियाँ, ५० रुपियाँ, १०० रुपियाँ र २०० रुपियाँ गरी संकलन गरेर बिजिनेस शुरु गरिएको र उक्त बिजिनेसमा कुखुरा पालन एक हे जसमा लोकल कुखुराहरू किनेर पालिएको छ। यसको साथै च्याऊ खेती पनि थालिएको छ भने भविष्यमा किचन गार्डन पनि शुरु गरिने जानकारी गराएका छन्। नानीहरूले गरेको इन्भेस्टमेन्ट अनुसार नै नाफा भएको पनि आफ्नो आफ्नो सेयर हालिएको रकम अनुसारको नाफा वितरण गरिने बताएका छन् । स्कूलको शिक्षक प्रभारी देबेन्द्र मुखियाले विद्यार्थीहरूले बिहान स्कूल लाग्न अघि र स्कूल छुट्टी भएपछिको सानो सानो समयमा काम गर्ने गरेको र यसबाट नानीहरूलाई सानैदेखि बिजिनेस गर्न सिकाएर स्वनिर्भर बन्न सिकाइएको बताएका छन्। उनले यस कार्यमा स्कूलका शिक्षक शिक्षिकाहरूले पनि धेरै खटिरहेकोले सबैप्रति आभार प्रकट गरेका छन्। उनले स्कूलको यस कार्यप्रति सबैले सकरात्मक विचार राख्दै सहयोग र साथ दिने आह्वान् पनि गरेका छन्।

उल्लेख्य छ -सोनादा उच्चत्तर माध्यमिक विद्यालयले अर्को वर्ष आफ्नो स्वर्ण जयन्ती मनाउन लागेको छ। सन् १९७५ सालमा स्थापना भएको सोनादा उच्चत्तर माध्यमिक विद्यालयले आगामी वर्ष २००५ सालमा आफ्नो स्वर्ण जयन्ती मनाईरहेको छ। हालमा यस विद्यालयमा कला, विज्ञान र कमर्स विषयहरूमा अध्ययन गराईन्दैछ। अहिले यस विद्यालयमा सोनादा र यसको वरिपरिका चियाबारीहरू, गाउँ, बस्ती र बजार क्षेत्रबाट आएका ६०० जना जति विद्यार्थीहरू अध्ययनरत् रहेका छन्। यस विद्यालयले हरेक वर्ष माध्यमिक र उच्च माध्यमिक परीक्षामा असल परिणामसहित परीक्षा फल प्राप्त गरिरहेका छन्।