
सुरुबुरू जसरी भए’नि जीवन चलेकै छ
थोरै खुशीले पनि जीवन-दीयो बलेकै छ
सन्तोषम् परम् सुखम् भनिन्छ शास्त्रमा
असन्तोषी जीवन हेर लोभले गलेकै छ
अन्तिम यात्रामा पैसा हैन मान्छे चाहिन्छ
जस्तै धनाढ्यलाई पनि कालले छलेकै छ
अहंकार गरेर के गर्नु धन, बल र बुद्धिको
आखिर सबैसबै एउटै चितामा जलेकै छ
सत्ता, शक्ति र अभिमान केही स्थायी हैन
मै हूँ भन्नेको सत्ता पनि आखिर ढलेकै छ
समय नै हो सबैभन्दा बलवान यति बुझ्नु
समय अनुसार नै वृक्षमा फल फलेकै छll










