झापा: कान्तिपुरको कोशी प्रदेश कार्यालयमा कार्यरत सुरक्षा गार्ड मृत भेटिएका छन्। मोरङ बूढीगंगा गाउँपालिका-४ नेमुवास्थित कान्तिपुरको प्रादेशिक कार्यालयको सुरक्षा गार्ड कोठामा मृत फेला परेको पुलिसले जनाएको छ। पुलिसका अनुसार मृत्यु हुनेमा सुन्दरहरैँचा नगरपालिका -९ घर भएका अन्दाजी ५० वर्षीय बलबहादुर बस्नेत रहेका छन्।बस्नेतलाई पालो दिन आएका साथीले ढोका नखुलेपछि पर्खाल नाघेर हेरेका थिए। उनी झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला पुलिस कार्यालय मोरङले जनाएको छ।