सतना: मध्य प्रदेशको सतना जिल्लाबाट सबैलाई चकित पार्ने समाचार अघि आएको छ। यहाँ शल्यक्रियाको अवधिमा एकजना २५ वर्षीया महिलाको पेटबाटअढाई किलो तौलको कपाल निस्किएको छ। यस्तो अनैठो घटना चित्रकूटको जानकी कुण्ड अस्पतालमा भएको हो। स्रोतका अनुसार महोबा निवासी यी महिलालाई केही दिनदेखि पेट दुख्ने समस्या थियो। परिवारका सदस्यले ती महिलाको बान्द मेडिकल कलेजमा उपचार गराए पनि त्यसले पनि पेट दुखाईबाट राहत पाएको थिएन। त्यसपछि परिवारले महिलाको जानकीकुण्ड अस्पतालमा उपचार गराए। यहाँ अल्ट्रासाउन्ड र सीटी स्क्यान गरेपछि डाक्टरले महिलाको पेटमा कपालको गुच्छा भएको हुनाले महिलालाई यो असह्य पीडा भइरहेको बताए।
यस मामिलामा डाक्टरहरूले महिलासँग सोधपुछ गर्दा महिलाले दोस्रो गर्भावस्थामा कपाल खाने बानी बसेको बताइन्। यति मात्र होइन, महिलाले नजिकै जहाँ कपाल देखे, त्यहाँ पनि खान थालिन्। सुत्केरीपछि ती महिलाले कपाल खान बन्द गरे पनि केही दिनपछि महिलाको पेटमा असह्य पीडा हुन थाल्यो। अस्पतालका वरिष्ठ शल्यचिकित्सक डा. निर्मला गेहानीले बताएअनुसार महिलाको कपाल खाने यस्ता मामलालाई मेडिकल भाषामा ट्राइको बेजोर भनिन्छ। कपाल खाँदा महिलाको पेटभित्र कपाल थुप्रिएको हुनले महिलालाई बान्ता हुने र खानासमेत खान मन नलाग्ने गरेको उनले बताइन्। तर, शल्यक्रियापछि महिला पूर्णरुपमा स्वास्थ्य छिन्।