कोहली र धोनीको प्रशंसा गरे वाट्सनले

IMG-20240530-WA0216.jpg

नयाँ दिल्ली: अष्ट्रेलियाका पूर्व अलराउण्डर शेन वाट्सनले बताएअनुसार, उनको लामो खेल करियरमा भारतका विराट कोहली र एमएस धोनी मानसिक रूपले सबैभन्दा मजबूत खेलाड़ी रहे। दाहिने हातका ब्याटर कोहलीले हालै आईपीएल २०२४-मा रोयल च्यालेञ्जर्स बेंगलुरुबाट खेल्दै सर्वाधिक ७४१ रन बनाए अनि अब उनलाई आउँदो टी२० वर्ल्ड कपमा भारतको निम्ति खेलिरहेको देखिनेछ। नयाँ किताब दि विनर्स माइण्डसेट-को मौकामा वाट्सनले भने, मैले जुन-जुन खेलाड़ीसँग एक-एक गर्दै काम गरे, त्यसमा मैले धेरै सिक्ने मौका पाए। म खास रूपले कसैको नाम लिन चाहदिन। जुन उच्च गुणवत्ता भएका अन्तर्राष्ट्रिय क्रिकेटरहरूसँग मैले काम गरे, जस्तै दिल्ली क्यापिटल्समा, मैले उनीहरू हरेक म्याचमा आत्मविश्वासको साथ ओर्लिने आसाधारण क्षमता देखे। शीर्ष स्तरका खेलाड़ीहरूले आफ्नो प्रदर्शनको समीक्षा गर्छन्। विशेषगरी असल प्रदर्शन नगरिरहेको समय। त्यसपछि उनीहरू अघिल्लो म्याचको निम्ति आफूलाई तयार गर्नमा जुट्छन्। मेरो निम्ति दुईजना व्यक्ति एकदम अलग रहे कारण यी दुवैसँग मैले खेल्ने मौका पाए। वाट्सनले भने, विराट कोहली मानसिक रूपले धेरै मजबूत छन्। कुनै पनि म्याचमा आफ्नो सर्वश्रेष्ठ संस्करण कसरी अघि ल्याउनु पर्छ भन्ने उनलाई राम्ररी थाहा छ। उनी हरेक म्याचमा सम्पूर्ण रूपले सामेल हुन्छन् अनि आफ्नो शत प्रतिशत दिन्छन्। यो साँच्चै अचम्भको दक्षता हो। यसरी विकेटकीपर-ब्याटर एमएस धोनीले आईपीएलको हालै समाप्त भएको संस्करणमा चेन्नई सुपर किंग्सको निम्ति १४ वटा ईनिंग्समा १६१ रन बनाए। यसमा १४ वटा चौका र १३ वटा छक्का सामेल थियो। उनले ब्याटिंगले दर्शकहरूलाई मन्त्रमुग्ध बनायो। वाट्सनले भने, अहिले ४२ सालको उमेरमा पनि आफ्नो कौशलहरूलाई भरपूर प्रयोग गर्न मैदानमा कसरी मस्तिष्कलाई शान्त राख्नु पर्छ भन्ने एमएस धोनीलाई थाहा छ। उनमा खेलको आसाधारण जानकारी रहेको छ। यी सब गुणहरूले उनलाई यति सफल नेता बनाएको छ। यसैकारण यी दुईजना (कोहली र धोनी) वर्तमान खेलाड़ीहरूका मामिला मेरो निम्ति सबैभन्दा अलग छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement