जयगाउँमा लागुऔषधसहित दुई जना पक्राउ

IMG-20240530-WA0157.jpg

अलिपुरद्वार: जयगाउँ पुलिस स्टेशनको पुलिस भारत–भुटान सीमा क्षेत्रको जयगाउँबाट नियन्त्रित लागुऔषध र कफ सिरपसहित दुई जनालाई पक्राउ गरेको छ। जयगाउँ पुलिस थानाले यस क्षेत्रमा लागुऔषध दुर्व्ययसन विरुद्ध निरन्तर अभियान चलाइरहेको छ र यसै क्रममा गएराति पुलिसले जयगाउँ सुपरमार्केट क्षेत्रमा छापा मारेर एक घरबाट लागुऔषध चक्की र कफ सिरप बरामद गरेको छ। पक्राउ परेकाहरूलाई आज अलिपुरद्वार अदालतमा पठाइनेछ। भारत–भुटान सीमा क्षेत्रमा तस्करी बढेकाले निरन्तर अपरेसन भइरहेको जयगाउँ पुलिस थानाले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement